कार्यालय तोडफोडप्रति भीम रावलको आक्रोश : कारवाही नगरे प्रतिकार गर्ने चेतावनी।

  • 584
    Shares

काठमाडौं : सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्।

 

तोडफोडमा संलग्नलाई अविलम्ब कारवाही गर्न उनले माग गरेका छन्। घट्नामा संलग्नलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको आरोप छ। रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले यस्तो बताएका हुन् ।

 

उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए। ‘कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भए’, रावलले भने, ‘म यो घट्नाको निन्दा गर्छु। यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो।’

 

रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए। उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढीनै फैसला दियो। तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं। नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन्। अहिले कम्युनिस्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने षड्यन्त्र भइरहेको छ।’

 

रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए। उनले भने,‘त्यो बैठकबाट बैठकबाट निर्देशन आउला। विभिन्न कमिटी छन्। ती सबै विधिबाट जान्छन्। अब नयाँ किसिमले जान्छौं।’

 

उनले कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे। उनले सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि जनाए।

 

अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट इन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे। उनले भने,‘गुण्डागर्दी गरेर धम्कीले कसैको साननबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु। हाम्रो सुरक्षा हामी आँफै गर्छौं भनेको छु। हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु। कम्युनिस्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ।’

 

कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: