बानेश्वरमा माधव नेपाल पक्षको भेला : मिलेर कम्युनिस्ट सरकार बनाउनुपर्नेमा जोड

नेकपा (एमाले) माधव नेपाल पक्षका केन्द्रीय सदस्यको भेला नयाँ बानेश्वरमा सम्पन्न भएको छ । नयाँ बानेश्वरको अर्याल होटलमा केहीबेरअघि भेला सुरु भएको हो । भेलामा नेपाल पक्षीय अधिकांश केन्द्रीय सदस्य सहभागी भए । भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरेका छन् ।

 

एमालेभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेका नेता नेपालले केन्द्रीय सदस्यको भेला गरेका हुन् । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका नेताहरु एमाले र माओवादी पार्टी अस्तित्वमा आएपछि नेपालले केन्द्रीय सदस्यको भेला पहिलो पटक गरेका हुन् ।

 

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपासँग सत्ता समीकरणको विषयमा छलफल गर्दैगर्दा नेता नेपालले गरेको छलफललाई महत्वका साथ हेरिएको छ ।

 

नेता नेपाल र खनालले भने भेलालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकार बनाउनुपर्नेमा जोड दिए । नेता रघुजी पन्तका अनुसार भेलामा विभिन्न विषयमा छलफल भएको छ । छलफलमा धेरै विषय उठे पनि पार्टी एकता र कम्युनिस्ट सरकार बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । उनले त्यसभन्दा अगाडि पार्टी एकतामा प्रधानमन्त्री ओलीले पहल गर्नुपर्नेमा जोड दिएको बताए ।

 

‘कम्युनिस्ट सरकार बनाउनुपर्छ भन्नेमा नेताहरुले जोड दिनुभएको छ’, नेता पन्तले भने, ‘त्यस भन्दा पनि पहिला पार्टी एकताबद्ध बनाउने प्रमुख भूमिका अध्यक्ष केपी ओलीको हुन्छ ।’

 

सर्वोच्चको फैसलाले उत्पन्न परिस्थितिमा एमालेलाई कसरी बलियो बनाउने, अन्य पार्टीसँगको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमासमेत छलफल भएको उनको भनाइ छ ।

 

‘सर्वोच्चको फैसलापछि उत्पन्न भएको नयाँ परिस्थितिमा नेकपा एमालेलाई कसरी बलियो बनाउने ?’, पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला वा नहोला तर यसको पहल गर्ने, पार्टी एकता माओवादी केन्द्रसँग मात्र नभएर सबै कम्युनिस्ट पार्टीसँग हुनुपर्छ ।

छलफलमा पार्टी एकता, जनताको हितलाई सर्वोपरी राखेर काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि पार्टी कार्यालयमा जाने अधिकार सबैको भएको र केन्द्रीय समितिसँगै सम्पूर्ण कमिटी पुनस्र्थापित भएको उनको भनाइ छ । धनगढीमा बुधबार भएको घटनाप्रति लक्षित गर्दै नेता पन्तले यो बताएका हुन् ।

 

‘आफ्नो पार्टीमा जाने अधिकार सबैलाई छ’, उनले भने, ‘केन्द्रीय कमिटी मात्र होइन एकता अगाडिका सम्पूर्ण कमिटीलाई पुनस्र्थापना गरेको हो ।’ ’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: