नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रचण्ड–नेपाल पक्षमा लागेकी नेतृ रामकुमारी झाँक्री फेरि पुरानै पार्टी एमालेमा फर्किनु परेपछि भा’वुक भएकी छन्। नेकपा खारेज नहुँदासम्म प्रायः क’डा कुरा गर्ने नेतृ झाँक्रीले एमाले ब्युँति एको तीन दिनपछि सामाजिक संजाल फेसबुकमा भावुक पोस्ट गरेकी हुन्। ‘प्रिय साथीहरू, शीतको थोपा बनी मुस्कुराइ रहने छु।
मार्क्सवादीहरूले सुदूरपारिको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन्,’ बुधबार साँझ नेतृ झाँक्रीले फेसबुकमा लेखेकी छन्, ‘क्रा’न्तिकारीहरूले बारुदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नु पर्छ ।’ ऋषि कट्टेलले आफूले निर्वाचन अयोगमा पहिले नेकपा नामको पार्टी दर्ता गरेको भन्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा वि’रुद्ध २ वर्षअघि सर्वाेच्च अदालतमा मु’द्दा हालेका थिए।
जसको फै’सला यही फागुन २३ गते गर्दै अदालतले उनको पार्टीलाई वैधानिकता दिई पछिल्लो नेकपा खारेज गरेको हो। साथै यसमा मिसिएका पुरानै दल एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्। योसँगै अहिले यी दुई दलका नेता/कार्यकर्ता आआफ्नै पुरानो घरमा फर्किनु परेको हो। नेकपामा हुँदा झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारी वि’रुद्ध निकै कडा अभिव्यक्ति दिइरहेकी थिइन्। अहिले उनै ओलीको नेतृत्वको पार्टीमा सामेल हुनु परेपछि उनी भावुक बनेकी हुन सक्छिन्।