प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न सुर्य थापाको चेतावनी।

  • 217
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री ओलीले राजीनामा किमार्थ नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन् ।,

 

बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे । वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्‍न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् । उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न समेत गरेका छन् ।.

 

उनले भनेका छन्, ‘राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रुपमा बुझ्नु बरु बुद्धिमतापूर्ण हुन्छ ।’ सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले केन्द्रदेखि जिल्लासम्मै आफ्ना कार्यालयहरु स्थापना गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: