प्रचण्डले भने- ‘म चिन्तित छु, आफैँ आक्रोसित छु, आन्दोलित छु’ के गरौ कसो गरौ भाको छु।

  • 1.1K
    Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, समावेशिता, धर्मनिरपेक्षतामा बल गर्दा गर्दै पनि आफूहरुले भने जति नभएको बताएका छन् ।

 

काठमाडौंमा बिहीबार भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा अहिले खतराको स्थित रहेको, प्रतिक्रियावादी देशी विदेशीहरले नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकचोटी जबरजस्ती कुल्चिने दुस्हास भइरहेको बताए । उनले भने, ‘म चिन्तित् छु, आक्रोसित पनि छु, म आफैँ आन्दोलित पनि छु, साथीहरु विचार गर्नु होला ।’

 

आफू प्रधानमन्त्री हुँदा आठ ओटा (नोट अफ डिसेन्ट) राखेको र अहिलेको संविधानले सबै समस्याको हल नगर्ने बताएको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिले पनि संसदको निम्ति लड्यो मात्रै भन्ने तपाईहरुले तर्क गर्नुभयो, तपाईहरुले भन्नुभयो ।, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता निम्ति सबै जाती, वर्ग क्षेत्रका समावेशिता र समानुपातिक प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चिन खोजेकाहरुको विद्रोको निम्ति किन मान्नु हुन्न ?’ उनले प्रश्न गरे । ‘वैज्ञानिक समाजवाद, साम्यवादका निम्ति लड्न म तयार छु’ उनले भने । ‘मेरो विचारमा म लडिरहेको छु, तपाईहरु पनि लडिरहनुभएको छ ।’

 

उनले भने, ‘हामिले राजनीतिक हिसावले सामन्ती तत्त्वहरुमाथि विजयी हासिल गरेकै हो । तर राष्ट्रिय स्वाधिन्ताको पूर्ण भएको छैन ।, हामिले अझै लड्न बाँकी छ भने त्यहीँनेर हो ।’ ‘अहिले हिजोका समान्ती तत्व, प्रतिक्रियावादीहरुको सम्पूर्ण जोड हामिले ल्याएको आन्दोलनको उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको (टिम) प्रचण्डलाई के गरी निस्तेज भन्नेमा नै सबैको ध्यान छ, भ्रममा कोहि नपर्नु होला’ उनले भने ।

 

प्रचण्डले भने, ‘नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छ भने जनतालाई फेरि एकचोटी विद्रोह गर्ने अधिकार हुन्छ ।’ प्रचण्डले आफूहरु बाटोमा पलेटी कसेर बस्दा फेरि जनतासँग बसेको अनुभुति भएको बताए । उनले जनयुद्धमा गुमाएका सहीदहरुबाट प्रेरणा लिएर पछि होइन अघि बढ्नुपर्ने बेला आएको बताउँदै उनले भने, ‘शान्तिपूर्ण ढंगले जनविद्रोह बनाउने सकिने संभावना नेपालमा मात्रै छ, हामि सबै एक ठाउँमा उभिने हो भने । शान्तिपूर्ण जनओन्दोलन त्यसलाई कलरफुल क्रान्ति ‘कलरफुल रेभुलेसन’, ‘लाखौँ करोडौँ जनता सडकमा ल्याएर क्रान्ति’ । तपाई हामिले सोचेको ठाउँमा पुर्याउन सम्भव छ ।’ प्रचण्डले १० वर्षको जनयुद्धले जनतामा ल्याएको जागेको सबै खालका जागरणलाई हामिले केन्द्रिकृत गर्ने हो भने अहिलेका प्रतिक्रियावादीहरुलाई पराजित गर्न सकिने बताए ।

 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेको बताउँदै भने ‘केपी प्रवृत्तिका विरूद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्तिमाथि प्रहार गरेको हो। हिंसामा जाने कुरा गरेको होइन, शान्तिमार्फत् युद्ध गरेको हो,’ ।

 

राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको उल्लेख गर्दै प्रचण्डले भने ‘ठूला षड्यन्त्र भइरहेको छ। राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ। फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं,’ । कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने प्रचण्डको भनाई छ । ‘एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन।,’ उनले भने।

उहाँले कार्यक्रममा भन्नुभयो, ‘अब २/४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन् ।’

 

यसैगरी अध्यक्ष प्रचण्डले आफ्नो धरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो । तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएको हो।’

 

साथै, अब एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प रहेको उहाँको अठोट रहेको छ । फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको उहाँले बताउनुभ

जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिएँ । म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’

 

बिहीबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा दिनुभएको मन्तव्य हो यो ।

उहाँले कार्यक्रममा भन्नुभयो, ‘अब २/४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन् ।’

 

यसैगरी अध्यक्ष प्रचण्डले आफ्नो धरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो । तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएको हो।’

 

साथै, अब एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प रहेको उहाँको अठोट रहेको छ । फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

error: