बरु सांसद पद गुमोस मतलब भएन तर ओलिको साथ छाड्दैन :टोपबहादुर रायमाझि

  • 1.6K
    Shares

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरुको सांसद पद गुमे पनि केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ ।

 

बिहीबार एमाले कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि पाइने बताउदै प्रधानमन्त्री ओलीको साथ कहिल्यै नछाड्ने बताउनुभएको हो ।

नेकपा विभाजन हुँदा माओवादीबाट (एमाले) ओली समूहमा मिसिनुभएका मन्त्री रायमाझीले आफूहरु सांसद पद बचाउन हिँड्ने पक्षमा नरहेको पनि बताउनुभएको छ ।

 

उहाँले भन्नुभयो, ‘सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ । विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ ।’

 

तर, कानुनअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लाग्दा उहाँ स्वतः कारबाहीमा पर्नुहुनेछ । यसअघि प्रचण्डसँग सहकार्य गर्न पुगेका एमालेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीमा फर्किसक्नुभएको छ ।

 

यसरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर ओली पक्षमा लागेका मन्त्री रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताउनुभएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: