हात खुट्टा नभएर पनि महिनाको ५ करोड कमाउने ब्यक्ति को हुन हेर्नुहोस् यथार्थ ।।

  • 419
    Shares

जब हाम्रो जीवनमा समस्या वा कठिनाइहरू आउँछन्, हामी मध्ये धेरैले सोच्ने गर्दछौँ यस्तो किन मेरो साथमा मात्र भइरहेको छ ?

 

यो सोचाइले बिस्तारै हामीमा गहिरो निराशा सिर्जना गरेर हाम्रो जीवनलाई बोझ बनाउन सक्छ । यस्तोमा आवश्यक हुन्छ हामी आफूमाथि विश्वास राखौँ र आफ्नो सम्पूर्ण क्षमता र शक्तिले ती समस्या वा कठिनाइहरूको मुकाबला गरौँ र यो तब सम्म गर्दै जाऊँ जब सम्म ती समस्याहरू माथि विजय प्राप्त गर्दैनौँ । तपाईँ सोच्नुहुन्छ होला कि यो त असम्भव छ, तर विश्वास गर्नुहोस् “जीवनमा कुनै कुरा असम्भव छैन”। यदि तपाईँ विश्वास गर्नुहुन्न भने, यो प्रेरणादायक सत्य कथा पढ्नुहोस् –

 

मेरो नाउँ हो “निकोलस जेम्स भ्युजिसिक” तर मलाई संसारले “निक भ्युजिसिक” (Nick Vujicic) नामले चिन्ने गर्दछ ।

 

४ डिसेम्बर सन् १९८२ का दिन अस्ट्रेलियाको मेलबर्नमा मेरो जन्म भयो । बुवा बोरिस भ्युजिसिक र आमा दुष्का भ्युजिसिकको म पहिलो सन्तान थिए ।

 

विवाहित व्यक्तिहरूलाई थाहा छ कि पहिलो सन्तान जन्मिदा कति खुशी हुन्छ, तर मेरा बुवा र मेरी आमा खुशी थिएनन् । उनलाई त चट्याङ्ग लागे जस्तो भएको थियो त्यो दिन । किनकि उनको पहिलो सन्तानका (अर्थात् मेरा) न हात थिए न खुट्टा । पहिलो पटक बुबाले मलाई अस्पतालमा देख्दा उनी यति छक्क परे कि कोठाबाट बाहिर निस्किए र बान्ता गरे । के तपाईँलाई थाहा छ आमा कसरी व्याकुल हुँदै आफ्नो पहिलो बच्चालाई काखीमा उठाउँछिन्? तर, म जन्मँदा जब नर्सले मलाई मेरी आमा कहाँ लगिनुभयो, उनले भनिन् कि यसलाई म बाट टाढा लिएर जाऊ । आमाको अवस्था यस्तो थियो कि उनले मलाई चार महिनासम्म काखीमा उठाउने हिम्मत गर्न सकिनन् । बुवा-आमा र मैले पनि धेरै वर्षसम्म आफैलाई प्रश्न सोध्ने गर्थ्यौ कि हामीहरूसँग भगवानले यस्तो किन गरे ? आमा नर्स हुनुहुन्थ्यो, उनी गर्भवती हुँदा सबै तरिकाले आफ्नो देखभाल गरेकी नै थिइन् फेरी किन यस्तो भयो ? आमाले लामो समय सम्म आफूलाई दोष लगाउने गर्थिन् ।

 

म पनि अन्य बच्चाहरू जस्तै स्वस्थ थिएँ, तर मेरो जन्म एक दुर्लभ विकार (टेट्रा-अमेलिया सिंड्रोम- tetra-amelia syndrome) को साथमा भएको थियो, जसको कारणले गर्दा मेरा हात र खुट्टा थिएनन् । चिकित्सकहरू अचम्मित थिए कि मैले अङ्ग किन पाएन ! मेरा आमा-बुबा चिन्तित हुन थाले कि मेरो भविष्य कस्तो होला ? तर उनले मलाई आत्मनिर्भर बनाउन केही कमी राखेनन् । बाबुआमाले मलाई एक पछि अर्को चरणमा हिम्मत दिनुभयो । म जब १८ महिनाको थिएँ, बुबाले मलाई पानीमा लगे र पौडी खेल्न सिकाउन सुरु गरे । बुबा कम्प्युटर प्रोग्रामर र एकाउन्टेन्ट हुनुहुन्थ्यो । मेरो सानो खुट्टा छ जुन बायाँ हिपसँग जोडिएको छ, जसमा केवल दुई औँलाहरू छन् । यी औँलाहरू पनि एक अर्कामा संलग्न थिए, जो डाक्टरहरूले आपरेशन पछि छुट्टै गरेका थिए ताकि मैले यिनीहरूको सहायताले केही गर्न सकूँ ।

 

म ६ वर्षको हुँदा, बुबाले यिनै औँलाहरूको सहायताले मलाई कंप्यूटरमा टाइप गर्न सिकाउनुभयो । आज म एक मिनेटमा ४३ शब्दहरू टाइप गर्न सक्छु । आमाले एउटा प्लास्टिकको उपकरण बनाउनुभयो जसको सहाराले म यिनै औँलाहरूको सहायताले कलम र पेन्सिल समात्ने गर्छु । बुवामालाई मेरो स्कुल जाने कुरामा पनि शङ्का थियो, तर बुवा आमाले मलाई सामान्य बच्चाहरूको स्कुलमा भर्ना गरे । मेरा आमाबुवाको यो निर्णय मेरो मेरो लागि जीवनको सबैभन्दा ठुलो उपहार थियो ।

 

(पछि, यस निर्णयको आधारमा मैले “फाइनेंसियल प्लानिङ र रियल स्टेट”मा डिग्री पनि हासिल गरेँ) जसो जसो म ठुलो हुँदै गएँ, म निराश जस्तै जीवन बिताउन थालेँ । घडी घडी चिड़ने बानी हुन थाल्यो । किनकि म साधारण बच्चाहरू जस्तो काम गर्न सक्दिन थिएँ । मेरो कुनै साथी थिएन । जब म ८ वर्षको थिएँ, म धेरै निराश भई सकेको थिएँ । म मेरी आमाकहाँ गएँ र उनलाई भनेँ, “आमा म मर्न चाहन्छु ।” म भगवान् सँग हात खुट्टा पाउनका लागी सधैँ प्रार्थना गरी रहन्थेँ । आमाबुबा नहुँदा मलाई कसले रेखदेख गर्ने भनेर सोच्ने गर्थेँ । म भित्तामा टाँसिएको ब्रसको सहाराले दाँत माझ्थेँ र मलाई दैनिक अनेकों समस्याहरू थिए जो म सामान्य बच्चाहरूका जसरी गर्न सक्दैन थिएँ । १० वर्षको हुँदा मैले मर्ने प्रयास गरेँ, तर मेरो प्रयास असफल भयो ।

 

मलाई लाग्थ्यो कि मेरो जीवनको कुनै उद्देश्य छैन । मेरा आमाबुवाले मलाई भन्ने गर्थे, यसो गर्ने प्रयास गर, उसो गर्ने प्रयास गर, म भन्ने गर्थेँ तपाईँ पागल हुनुहुन्छ ? म कसरी गरूँ ? मेरा हात छैनन्, खुट्टा छैनन् । तर उहाँहरूले निरन्तर मलाई प्रोत्साहित गर्थे र मलाई धेरै माया गर्थे ।

 

बिस्तारै मैले समयको साथ-साथै अगाडी बढ़न सिकेँ किनकि मसँग दुइटा मात्र विकल्पहरू थिए, keep going वा give up. जब म १३ वर्षको थिएँ, मैले अशक्त व्यक्तिहरूको बारेमा एउटा लेख पढेँ कि मानिसहरूले शरीरको अशक्तता लाई पन्छाएर जीवनमा ठुला-ठूला उपलब्धिहरू प्राप्त गरेका रहेछन्। त्यस दिन मैले बुझेँ कि म एक मात्र व्यक्ति होइन जो सङ्घर्ष गरिरहेको छु । मैले सोचेँ, हुनसक्छ ईश्वरले मलाई यस्तो बनाउनुभएको छ कि म अरूको लागि प्रेरणा बन्न सकूँ । मैले बिस्तारै बुझ्न थाली सकेको थिएँ कि यदि मैले चाहेँ भने आफ्नो जीवन सामान्य तरीकाले बाँच्न सक्छु । १७ वर्षको उमेरमा मैले आफ्नो प्रार्थना समूहमा व्याख्यान दिन थालेँ । २१ वर्षको उमेरमा मैले लेखा र वित्त (Accounting & Finance) मा स्नातक गरेँ र एक प्रेरक वक्ता को रूप मा आफ्नो क्यारियर सुरु गरेँ ।

 

आज मेरो “Attitude is attitude” नाम गरेको एउटा मोटीभेशनल कम्पनी छ । म जस्ता अरू धेरैलाई प्रेरणा र सकारात्मकताको सन्देश दिन एक गैर लाभकारी संस्था “Life without Limbs” को पनि सिर्जना गरेको छु । ९ मार्च २००२ मा हाम्रो बसाई सराई क्यालिफोर्निया भयो । २००८ मा मेरो भेट केन मियाहारा (Kanae Miyahara)सँग भयो । १२ फेब्रुअरी २०१२ मा हाम्रो बिहे भयो र आज हाम्रा दुई छोरा (Kiyoshi James Vujicic र Dejan Levi Vujicic) र दुई जुम्ल्याहा छोरीहरू (Ellie Laurel Vujicic र Olivia Mei Vujicic) मिलाएर चार बच्चाहरू छन् ।

 

साथीहरू, अहिले तपाईँले निक भ्युजिसिकको वास्तविक कथा पढ्नु भयो । निक अहिले ३८ वर्षका छन् र आफ्नो सम्पूर्ण परिवार सहित अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । निक म्युजिकले The Butterfly Circus नाउँ गरेको एउटा लघु फिल्म पनि खेलेका छन् जसमा उनले २०१० मा Method Fest Independent Film Festival मा Best Actor को पुरस्कार पनि पाएका छन् । निकको पहिलो पुस्तक “Life without Limits” २०१० मा Random House ले छापेको थियो जसको विश्वका ३० भाषाहरूमा अनुवाद गरिएको छ । आज उनी एक सफल प्रेरक वक्ता हुन जो विश्वभरिका अनेकों देशहरूमा गएर वक्तव्य दिने गर्दछन् र आफ्नो कथाले धेरैलाई प्रेरणा दिने गर्दछन् । आफ्नो यस पेशाबाट उनी महिनाको 4,20,000 USD (५ करोड़ नेपाली रुपैयाँ बराबर) कमाई गर्छन् ।

 

म यहाँहरू सबैलाई निकको यो भिडियो हेरी दिनु हुन हार्दिक अनुरोध गर्दछु अक्सर व्यक्तिहरू आफ्ना साना-साना समस्याहरूलाई लिएर रोइरहेका हुन्छन् । अब तपाई आफै सोच्नुहोस् कि के तपाईँको समस्या निक भन्दा ठुलो छ ? एक पटक आफूलाई निकको ठाउँमा राखेर हेर्नुहोस् त । भगवानले तपाईँलाई हात-खुट्टा दिनुभएको छ, काम गर्नको लागि । एउटा राम्रो स्वस्थ शरीर दिनुभएको छ । एक छिनका लागि सोच्नुहोस् त यदि तपाईँका जन्मदेखि हात र खुट्टाहरू नभएको खण्डमा कस्तो महसुस गर्नुहुन्थ्यो ?

 

निक सम्पूर्ण दुनियाँ को लागी एक उदाहरण हुन । हामी जस्ता हात र खुट्टा भएका व्यक्तिहरूको लागि निक आज प्रेरणा बनेका छन् । हामीले उनीबाट जीवन जिउने पाठ सिक्नुपर्दछ । उनको जीवन आफैँमा एक उल्लेखनीय उपलब्धि हो, तर यो भन्दा पनि अझ प्रभावित गर्ने कुरा हो निकको जीवन प्रति सुख र शान्तिको सम्मोहक भावना । आज उनले संसार भरिका व्यक्तिहरूलाई कसरी जीवन जिउने भनेर सिकाइरहेका छन् । निकले शारीरिक सीमाहरूमा टाँस्नु भन्दा आफ्नो जीवन नियन्त्रण गर्ने शक्ति प्राप्त गरिसकेका छन् र आशाको यही सन्देश लिएर विश्वमा अनेकों देशहरूको यात्रा गरी रहेका छन् ।

 

जहाँ हामी साना साना कुराहरूले गर्दा निराश हुने गर्छौँ, निक भ्यूजिसिक जस्ता व्यक्तिहरूले हरेक क्षण प्रमाणित गरिरहन्छ कि कुनै पनि कुरा असम्भव छैन – प्रयास गरेर सबै कुरा सजिलो हुन्छ । निक फुटबल खेल्छन्, गल्फ र पौडी खेल्छन् । आज उनी सामान्य व्यक्तिले गर्ने सबै काम आफै गर्छन् । निक भन्ने गर्छन्, “यस संसारमा कुनै कुरा असम्भव छैन । हामी त्यो सबै गर्न सक्दछौँ जो हामी सोच्न सक्छौँ र हामी त्यो सबै सोच्न सक्छौँ जुन हामीले आजसम्म सोचेको छैनौँ ”

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: