अमेरिकामा नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ।

  • 208
    Shares

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छन्। चालकमाथि दुर्व्यवहार र लुटपाट गर्नखोजेको आरोपमा प्रहरीले दुईमध्ये एक जनालाई लास भेगासबाट बिहीबार पक्राउ गरेको हो ।

 

सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। किङलाई त्यहाँको समयअनुसार बिहीबार दिउँसो गिरफ्तार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मार्च ७ मा उक्त घटना भएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। खड्काले ती युवतीहरुलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेको बताइएको छ । उनीहरुले खड्कालाई जातीय गाली गर्दै उनको फोन खोसेर मास्क च्यातिदिएका थिए।

 

त्यस्तै घटनाकी अर्की शंकास्पद २४ वर्षीया अर्ना किमिआई भने अझै पक्राउ परेकी छैनन्। यद्यपि उनी प्रहरीको सम्पर्कमा रहेको र आफैँ उपस्थित हुने जानकारी कानुनी सल्लाहकारमार्फत जानकारी गराएकी छिन्।

 

सन फ्रान्सिस्को प्रहरीले एउटी युवतीले चालकमाथि पिरो स्प्रे समेत छर्किएको जनाएको छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: