शिवजिको दर्शन गरि वेवास्ता नगरि पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ

  • 3.7K
    Shares

मुन्धुम Vs बाईबल

आफ्नो शास्त्र पढ्नु छैन

अर्काको कोट्याएर अफ्नोलाई नीचा देखाउने कहिले सम्म ?

मुन्धुम कति वैज्ञानिक छ ल पढ्नुस

मुन्धुम अनुसार सृष्टिको शुरुवात कसरी भयो पढ्नुस

अनि तुलना गर्नुस कि तपाईले बोकेको बाईबल र

तपाईले छोडेको मुन्धुममा वास्तविक सत्य कुन हो ?

 

सर्वप्रथम सृष्टि कहालीलाग्दो चकमन्न आध्यारो थियो

त्यसभित्र अनन्तहीन परिधिको ब्रह्माण्ड परमपरमेश्वरको सृष्टी भयो

जसलाई मुन्धुमी भाषामा मुहङ्लिङ खेहङ्लिङ भनियो ।

यस चरम शून्यतामा केवल माङ् ईश्वरको मात्र अस्तित्व थियो ।

उनै परमपरमेश्वर सृष्टिकर्ता निङ्वाफुमाङ्ले

त्यस कहालीलाग्दो अन्धकारमय निष्पट्टतामा

आत्मारूपी माङ्को स्वयम् विचार गर्ने

इत्तासिं माङ्को३ रूप लिनुभयो !

त्यसपछि जीवनलाई अत्यावश्यक पर्ने पाच तत्त्व (पञ्चतत्त्व) हरू

अर्थात् ‘ङामुक्साम’ चफत, मुक्कुम, हिक्के, इक्सा, तरक

अर्थात पानी, आगो, हावा, पृथ्वी र आकाशको सिर्जना गर्नुभयो ।

यिनै पञ्चतत्त्वहरूबाट उत्पन्न भएका शक्तिहरू

अति प्रबल रूपले प्रतिक्रिया हुादै, घुम्दै, परिक्रमा गर्दै, चम्कदै जाँदा

घर्षणबाट, ठक्करबाट तापशक्ति उत्पन्न भयो ।

तब ती तत्त्वहरू अत्यन्त शक्तिका कारण विस्फोट हुनपुगे

आध्यारोलाई चिर्दै कायाकल्परूपी सिर्जनाको प्रथम उषाकालमै

उज्यालो प्रकाश केओ:म्वामाङ– ओम्माङ–ओत्माङ उत्पन्न हुनुभयो ।

सृष्टिको पूर्वसन्ध्यामा माङ्कै अनुग्रह र चेतनाको/विवेकको परिणामस्वरूप

पञ्चतत्त्वहरूबीच घर्षण, क्रिया, प्रतिक्रिया भई

अति धेरै तापशक्ति उत्पन्न हुन पुग्यो ।

तब एकप्रकारको चुम्बकीय शक्ति (तनङ्गेन तनालुङ) उत्पन्न भई

उाधो भ्वाङ, उाभो भ्वाङको स्थितिमा रहेको शून्यतामा

ठूल्ठूला पिण्डीय वस्तुहरू स्थिर हुन पुगे ।

ती पिण्डहरूबीचको गुरुत्वाकर्षण, घर्षणले सर्वप्रथम

मिजिरी मिसेक आगोको झिल्को उत्पन्न भयो ।

तनङ्गेनव तनालुङबाट निस्केका खियाहरू (हिक् जम्मा हुादै, थुप्रिादै जम्न थाले ।

यस प्रक्रियाले उाधो भ्वाङ (भुवन)को भाग बन्द हुन गयो र

काठको आरीको (सिङ्ताप्पे आकारको रूप बन्न गयो ।

तनङ्गेन तनालुङको प्रभावबाट निस्केका ज्योतिका बिम्बहरू

चारैतिर प्रसारित हुने क्रममा

निङ्वाभुमाङ कै महाशक्ति, ज्ञानबाट उधो, उभो भ्वाङमा

गहिरो, नीलो दृश्य देखिन थाल्यो ।

चइत: मुन्धुम अझ अघि यसरी वर्णन गरिन्छ कि

निङ्वाभुमाङले सोच्नुभयो, ‘उधो तथा उभो भुवनहरूको चारै दिशामा उज्यालो होओस्’

तब दुई आगाका डल्लाहरू बनाई भुवनको पूर्वपश्चिम दिशामा घुम्न थाले ।

ती दुई आगोका डल्लाहरू विपरत ध्रुवबाट घुम्दै परिक्रमा गर्दै आउदा

एकआपसमा ठोक्किन पुगे र ठूलो उज्यालोको सृष्टि हुन पुग्यो ।

ती दुई आगोका डल्लाहरू, ज्योतिहरू चम्किदै जाने क्रममा उष्णता उत्पन्न भयो ।

त्यही उष्णताकै कारण पानीको सिर्जना भयो ।

पानी जम्दै, बढ्दै जाने क्रममा

पूर्वपश्चिम समुद्रहरूको निर्माण भयो

जसलाई मुन्धुमी भाषामा ‘साम्फी र लिम्फी वरक (पूर्वपश्चिम) भनिन्छ ।

यिनै समुद्रको पानीको सतह बढ्दै जादा, आउदा

दुवै साम्फी र लिम्फी भरिएर मिसिन पुगे ।

तापशक्ति उत्पन्न हुने क्रम बढ्दै गयो, तापक्रम बढ्दै गयो ।

अपार तापशक्तिको कारण समुद्र पड्किएर विस्फोट भएर

त्यहाको पानी छचल्किदै सारा ब्रह्माण्ड कम्पित हुन पुग्यो ।

कम्पनले वायुशक्तिका गतिमा वृद्धि हुन पुग्यो ।

फलस्वरूप आाधीबेहरी, भुमरी उत्पन्न भयो ।

तलमाथि गर्दै पानीको छाल, हावाको, भुमरीको रूप चलिरह्यो

जसलाई मुन्धुमी भाषामा सोधुङ्गेन इलाम्मासिङ भनिन्छ ।

सबै कुरा त सृष्टिकर्ता निङ्वाफुमाङकै कृपा हो ।

सोधुङ्गेन इलाम्मासिङ बिस्तारै शमन हुादै गयो,

थामिन थाल्यो, गति कम हुदै गयो,

चारैतिर फैलावट सुरु भयो, तेज तापशक्ति कमजोर बन्दै गयो,

फलस्वरूप तेज वायुसागसागै उडेर, बढेर आएका

धूलो, बालुवाका कणहरू जम्मा हुने संयोजन हुने क्रम चल्यो,

पानीलाई पुर्दै लग्यो र समुद्रको सतहभन्दा बाहिर उठी

ठूल्ठूला सुरुको पहाडहरूको निर्माण भयो

जसलाई मुन्धुमी भाषामा मुरो:प्लुङ, खेरो:प्लुङ भनिन्छ ।

अब सृष्टिमा महाकायाकल्प नै भइसकेको थियो ।

अथाह समुद्रको पानी घट्ने, सुक्ने क्रम सुरु भयो ।

विभिन्न प्रकारका माटो बने, मुरो:प्लुङ, खेरो:प्लुङ पहाड पुरिदै गयो र

बिस्तारैबिस्तारै पृथ्वीको सृष्टि हुन पुग्यो ।

सत्यताको प्रतीक साम्योक पिच्ता साम्भो (दुबो उम्रन, पलाउन थाल्यो ।

झारपात, बोटबिरुवा उम्रन थाले, प्राणी सिर्जनाको शुभारम्भ भयो ।

तागेरानिङ्वाभुमाङ अत्यन्त खुसी हुनुभयो ।

अब त जीव सृष्टिको सम्भावना सफल हुने नै भयो ।

अन्त्यहीन, अनन्त, स्वर्णिम, रमणीय, अलौकिक जमिन

अनि भूभाग देखिन थाल्यो,

यही प्राग भूभाग जसलाई मुना तेम्वे मानव मैदान भनिन्छ ।

#santosh_acharya

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: