बिहान उठ्ने बित्तिकै पशुपतिनाथको दर्शन गरि यो कथा पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।।

  • 6.1K
    Shares

हाम्रो वैदिक संस्कृतिमा भगवान विष्णुका अवतारहरु ।

वैदिक संस्कृति वेदमा अवलम्बित छ, यस्को मूलतत्व भगवान सच्चिदानन्द हो, उहाँलाई हामीहरु दुइ किसिमले सम्मान गर्छौं, प्रथम निराकार र सर्व-व्यापक रूपर दोश्रो साकार तथा सगुणरूपमा, जसको निराकार स्वरूप प्राणीको

मन, दृष्टिले अप्राप्य वा नदेखिने (अगोचर) छ भने साकार स्वरूप युग-युगमा संसारमा धर्मस्थापना र दुष्कृति विनाशको लागी अवतार धारण गर्नुहुन्छ, ज्ञानी मानिसहरु ज्ञानको दृष्टिले उहाँलाई सर्वत्र दर्शनको अनुभव गर्छन, योगी हरु योग अभ्यासबाट आफ्नो हृदय कमलमा विराजमान भएको दर्शन गर्छन,

कर्मयोगीहरु सत्कर्मलाईनै भगवानको सेवा मानेर जीवनको सदुपयोग गर्छन,

भक्तियोगमा लागेकाहरु मन, वचन र कर्मले नित्य भगवद्स्मरण गर्दै जीवन

यापन गर्छन, यसरी अनेक किसिमका भक्तहरुले अनेकौ तरिकाले भगवानको

सम्झना गर्छन, जो निराकार र सर्वव्यापक अस्तित्व छ जस्को कारणले यस

विश्व-ब्रह्माण्ड सञ्चालित वा जीवित छ, सगुण-साकार रूपमा मुख्य-मुख्य रूपहरु यस प्रकार छन ।

१-मत्स्यावतार-वैवश्वत मन्वन्तरको प्रारम्भमा भगवानको माछाको अवतार ।

२-कच्छपावतार-सागर-मन्थनको समयमा मन्दराचल पर्वतलाई स्थिर गराउन

भगवानले लिएको अवतार ।

३-वाराह अवतार-हिरण्याक्ष नामको दैत्यले पृथिवीलाई जलमा डुबाउदा पृथिवी

को उध्दारको निमित्त लिएको वाराह (बनेल) रूप ।

४-नृसिंहावतार-हिरण्यकशिपुको संहार गर्नको निमित्त लिएको नृसींह अवतार ।

५-वामन-दैत्यराज बलिको यज्ञमा तीनपाउ पृथिवी माग्नजाने वामन अवतार ।

६-परशुराम अवतार-जमदग्नी ऋषिका पुत्रको रूपमा प्रकट भएर त्यो समयका राक्षस स्वभावका राजाहरुको नाश गर्नको लागी लिएको आवेशावतार ।

७-श्रीरामावतार-मानव जगतमा सर्वोच्च मानव-मर्यादा स्थापना गर्नको निमित्त

सूर्यवंशी राजा दशरथको पुत्र श्रीरामको रूपमा अवतरित हुनुभएको ।

८-बलराम अवतार-भगवान श्रीकृष्णको दाजुकोरूपमा वसुदेव पत्नी देवकीको गर्भमा ६ महिना वसेर वसुदेवको अर्को पत्नी रोहिणी (जो पूर्व जन्मामा नाग

माता कद्रू थिइन) उनको गर्भमा संक्रमण भएर प्रकट भएको ।

९-बिध्द अवतार-कपिलवस्तुका महाराज शुध्दोधनकि पत्नी मायादेवीको गर्भ

बाट प्रकट भएर शान्तिको सन्देश दिन भएको अवतार ।

१०-कल्की अवतार- सम्भल गाउमा विष्णुयश नामको ब्राह्मणको पुत्रको रूपमा प्रकट भएर कलियुगको म्लेच्छहरु नाश गर्को निमित्त प्रकट हुने

अवतार हो, कलियुगको भख्खर ५१२१ वर्ष बित्दै छ, यो अवतार प्रकट हुन

अझ लाखौं वर्ष प्रतीक्षा गर्नु पर्छ ।

यी माथि उल्लेखित अवतारलाई युगावतार भनिन्छ र भगवान श्रीकृष्णलाई

सवै वेद-पुराणहरुले पूर्णावतार मानेको छ र यो अवतार भगवान आफ्नो इच्छाले जगतको आवश्यकता अनुसार यदा-कदा धारण गर्नुहुन्छ ।

साभार-हिन्दु संस्कृति अङ्क कल्याण ।

 

 

मोती, मूङ्गा, सुवर्ण, नीलमणि र हीराको आभाले युक्त पाँचमुख

तीन-तीन नेत्र, तथा चन्द्रकलाले युक्त रत्नमुकुट धारणगर्ने २४

अक्षरहरूले विभूषित भएकी र हातमा वरद-मुद्रा,अभय-मुद्रा,अंकुश,

चाबुक, डोरी, शङ्ख, चक्र, दुइवटा कमलको फूल धारण गरेकी,

भगवती गायत्रीको म ध्यान गर्दछु ।

द्विजाती (ब्रतबन्ध गरेर यज्ञोपवीत लगाउने) मात्रको आराध्य-देवी

गायत्रीको महिमा अनन्त छ, सत्ययुगदेखी आजसम्म गायत्रीको

आराधना भक्तहरूले गरीरहेकाछन र मनोवाञ्छित फल पाएका

छन, यसै प्रसङ्गमा एउटा पौराणीक कथा प्रस्तुत छ ।

महर्षि गौतम देवी गायत्रीको अनन्य-भक्त थिए, उनकी पत्नी

अहिल्या पतिको तप वा अनुष्ठानमा तत्परताका साथ सहायता

गर्थिन, यसकारण उनको आश्रममा ऋषिका लागी आवश्यक

सामाग्रीको कहिल्यै खाँचो भएन, यो कुरा अकालग्रस्त स्थानका

ऋषिहरूले थाहा पाएर, प्राण बचाउनको निमित्त आफ्ना परिवार

सहित गौतम-आश्रममा शरणपर्न गए, यसरी अचानक आएका

ऋषिमुनीको समूह देखेर गौतम-ऋषि आनन्दित भएर स्वागत

गरे, हात-गोडा धुवाएर आसनमा बसालेर यहाँ आउनुको कारण

भए भन्नुहोस भनेर सोध्दा, ऋषिहरू भन्छन-हाम्रो आश्रमको

भूमिमा धेरै वर्षभयो वर्षा भएन, यसकारण त्यतातीर अकालले

गर्दा मानिसहरूको प्राण जाछदैछ, हामीले तपाईको महिमा

सुनेको भएर हाम्रो प्राण बचोस भन्ने आशाले यहाँ शरणपर्न

आएका हौं, कुनै उपायले हामीलाई अन्न-जल प्राप्त होस ।

ऋषिहरूको यस्तो आशय सुनेर सान्त्वना दिंदै भने- हे मुनि

वर ! म स्वयं माता गायत्रीको शरणमा छु, हामी सवै उहाँकै

उपासक हौं, हामी ऋषिमिनिहरूको अन्यकुनै सान्सारिक काम

छैन यसैले हामी सवै मिलेर एकाग्र चित्तले माता गायत्रीको

परम-पावन मन्त्र जप गरौं, भनेर साझको भोजन गरेर सुते,

भोलि पल्ट बिहान गौतमले अरुणोदयमा उठेर शौच-स्नानादि

अनिवार्य शारीरिक कर्म सकेर पक हजार गायत्रीको जपगरे,

आचमन गरेर जपको समापन गर्दै हात जोडेर भने- हे माता !

तपाईबाटनै वेदको उत्पत्ति भयो, हामी वेदकै मार्गनिर्देशनमा

आफ्नो जीवन व्यतीत गरिरहेका छौं अकालको कारण मेरा

अतिथि ऋषिहरू यहा आउनुभयो, उहाहरूको भोजन गराउन

मसित प्रयाप्त अन्न छैन, यस अवस्थामा म तपाईको शरण

पर्छु, मसित प्राण बचाउन सकिने आशाले आएका यी ऋषि

समूह निराश हुन नपरोस” भनेर प्रार्थना गरे, तब प्रसन्न

मुद्रा लिएर माता गायत्री सम्मुख आएर भन्नुभयो हे गौतम !

तिमन्रो यो सेवा-सहयोगको भ‍ाव अद्वितीय छ, यसैले यो

पात्र म तिमीलाई दिन्छु, तिमीलाई जुन वस्तुको अभाव हुन्छ

यो पात्रले पुरा गर्छ” भनेर देवीले एउटा चम्कीलो पात्र दिइन र

गइन, त्यो पात्रको सहायताले गौतम आश्रममा ऋषिहरूको सेवा

गरे ।

यो कथा कल्याण जून २०१६ को कल्याण मासिक पत्रिकामा छ,

तर यो कहाबाट लिएको हो सो उल्लेख छ,

(यो मनचिन्ते पात्र त यो युगमा नपाइएला तर मानसिक विकार

हराउछ, बुध्दिको बल वृध्दि अवश्य हुन्छ )

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: