बिल्कुल वेवास्ता नगरि ॐ लेखि देख्ने बित्तिकै दर्शन गरि पुरा पढ्नुहोस २ दिन भित्र चिताएको कार्य पूरा हुनेछ ।

  • 9.3K
    Shares

धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णलाई सोधे-हे भगवान ! तपाईको मुखारविन्बाट माघशुक्ल जया (भीमा) एकादशीको कथा सुनें, अब मलाई फाल्गुणकृष्ण पक्षमा पर्ने एकादशीको बारेमा बताउनुहोस, तयो एकादशीको

नाम के हो ? त्यस्को व्रत गरने विधि कस्तो छ ? र त्यसव्रतको फल के कस्तो हुन्छ ? यो कुरा मलाई भन्नुहोस ।

युधिष्ठिरको प्रश्नको उत्तर दिंदै भगवान श्रीकृष्ण भन्नुहुन्छ- हे धर्मराज !

फाल्गुन महिनाको कृष्णपक्षमा विजया नामको एकादशी आउछ, यो एकादशी

को व्रतले विशेषगरी मानिसलाई विजयी गराउन प्रख्यात छ, व्रतविधिको वारे

मा एउटा पुरानो कथा सुन्नुहोस, अघि कुनै समयमा देवर्षिनारदले आफ्ना पिता ब्रह्माजीलाई सोध्दा ब्रह्माजीले देवर्षि नारदलाई जुन कथा सुनाउनुभयो

त्यही कथा म तपईलाई सुनाउछु, एकाग्र-चित्त भएर श्रध्दा-पूर्वक सुन्नुहोस ।

यो कथा त्रेतायुगको हो, सूर्यवंशी महाराज दशरथका पुत्र भगवान श्रीरामचन्द्र

आफ्ना पिताको वचन पुरागर्न चौधवर्षको लागी पत्नी सीता र भाइ लक्ष्मणका

साथमा वन जानुभयो, त्यो बेला बनवास अवधीको अन्त्य समयमा उहाहरु दण्डकारण्य नामको बनमा पञ्चवटी भन्ने स्थानमा पर्णकुटी बनार बस्दा लङ्काको राक्षस-राज रावणले सीताको हरण गर्यो, श्रीराम र लक्ष्मण सीताको

खोजीमा यत्र-तत्र बन-बन खोज्दै जाँदा रावणको चन्द्रहास खड्गको प्रहारबाट

घाइते भएको अरुण-पुत्र जटायुलाई देख्नुभयो, श्रीरामले सीताको विषयमा सोध्दा जटायुले लङ्काको रजा रावणले सीतालाई हरण गरेर दक्षीण दिशातिर

लगेको कुरा बताएर मर्यो, यसपछि, ऋषिको श्रापले कवन्ध भएर बसेको गन्धर्व (कवन्ध राक्षसरूप) लाई भेटेर सोध्दा मलाई श्रापको कसरणले सवै कुरा विस्मृति भएको छ, मलाई मारेर यो श्रापयुक्त शरीरबाट मुक्त गरेपछि म सवै बताउछु भनेकोले रामले उस्लाई मारेर अग्नि दाह गरेपछि, उस्ले आफ्नो सुन्दर गन्धर्व शरीर पायो र सीतालाई रावणले हरण गरेको, सुग्रीव

हनुमान आदिको कुरा बतायो, यसपछि भगवान श्रीराम शवरीको आश्रममा पुग्नुभयो र शवरीको भनाई अनुसार पम्पासरोवरको किनारमा गएर ऋष्यमूक

पर्वतमा जाने बाटो खोज्दा हनुमानसित भेट भयो, हमुमानले श्रीराम-लक्ष्मणको सुग्रीवसित भेट गराएर, वीर-वीर वाँदरका सेना चारैदिशामा पठाएर सीताको खोजी गरे, विशेषगरी दक्षिणदिशामा हनुमान, अङ्गद, जाम्बवन्त, नल नील, आदि विर वादरहरु पठाए, जटायुको दाजु सम्पातिको भनाई अनुसार सीता लङ्कामा भएको थाहा पाएर हनुमान क्षारसमुन्द्र पार गरेर लङ्का गएर सीताको दर्शन गर्नु, लङ्का जलाउनु आदि काम गरेर फर्केपछि

भगवान श्रीराम बाँदरसेना लिएर लङ्का जानको लागी चारसय कोशको सागर

तर्न सकेनन र के गरौं ? भनेर बसेको समयमा लक्ष्मणले आफ्ना दाजुसित

भने, यहाँ नजिकै बकदाल्भ्य नामका ऋषि बस्छन, उनले धेरै ब्रह्मा देखेका छन (अर्थात उनको आयु अत्याधिक लामो छ) यसकारण हाम्रो समस्याको कुनै न कुनै समाधान उनैसित छ, भनेपछि भाइको सल्लाह अनुसार भगवान

श्रीराम बकदाल्भ्यको आश्रममा गएर ऋषिको चरणमा शिर राखेर प्रणाम गरे,

ऋषिलाई आफ्नो समस्या बताए, तब ऋषि भन्छन-हे राम ! तिमी विजया नामको एकादशीको व्रत विधि पूर्वक गर, यो एकादशी फाल्गुण महिनाको कृष्ण पक्षमा पर्छ, यस व्रतको विधि सुन ।

फाल्गुणकृष्ण पक्षको दशमीको दिनमा सुन, चाँदी, तामा, वा माटोको जे को

हुन्छ एउटा कलश सप्तधान्य माथि स्थापना गर्नु, जलले भर्नु, त्यसमा पञ्चपल्लव (आँप, चाँप, पिपल, डुम्री, वर) ले सजाउनु, त्यसमाथी एउटा टपरीमा जौ राखेर जौ माथी भगवान नारायणको मूर्ति स्थापना गर्नु, जब

एकादशी (भोलिपल्ट) आउछ, स्नानआदि गरेर भगवान नारायणको विधि

पूर्वक आफुसित भएको उपचारले पूजा गर्नु अनार, नरिवल अर्पण गर्नु, चन्दन, रक्त-चन्दन, जौ-तिल, सुगन्धित फूल, माला धूप-दीप नैवेद्य आदि

सवै प्रकारले पूजागरेर त्यो सारा दिन त्यही कशको अगाडि बसेर भगवानको

लीला चरित्र कथाको चर्चा गर्नु, भजन-कीर्तन आदि गरेर राती जाग्राम गर्नु,

द्वादशीको बिहान सूर्योदय भएपछि त्यो कलश कुनै जलाशयमा लगेर राख्नु

र पुन: कलशको पूजा गरेर कुनै ब्रह्मज्ञानी ब्राह्मणलाई दान दिनु, दानको

साथै दक्षिणा आदि दिएर ब्राह्मणको पूजा गर्नु, यसो गर्नाले कुनैपनि सङ्कटमा विजय प्राप्त गर्न सकिन्छ, यसैले यो एकादशीको नाम “विजया”

रहेको हो, तब भगवान श्रीरामले यो व्रत विधि-पूर्वक गरेकोले रावणलाई वध गर्न सफल हुनुभयो, यसकारण जो मानिसले जीवनमा आफु विजयी हुन चाहन्छ उस्ले यो व्रत विधि-पूर्वक गर्नु पर्छ भन्ने जुन कथा ब्रह्माजीले आफ्नो पुत्र नारदलाई बताए अनुसार मैले तपाईलाई बताएं, हे धर्म नन्दन (युधिष्ठि) ! यसकारण यो एकादशीको महत्वको बारेमा मैले तपाईलाई बताएं,

अब के सुन्न चाहनुहुन्छ ? ।

 

देयानि स्ववशे पुंसा स्वेन्द्रियाण्यखिलानि वै ।

असंयतानि खादन्तीन्द्रियाण्येतानि स्वामिनम् ।।१२।।

भावार्थ***मानिसले आफ्नो सम्पूर्ण इन्द्रियहरुलाई आप्नो वसमा राख्नु पर्छ,

यस्ता असंयमीत इन्द्रियहरुले स्वामी (त्यहि शरीरको स्वामी) लाई खान्छ ।

व्याख्या***गायत्रीको चौबीस शिक्षा मध्ये “दे” अक्षरबाट निस्केको यो बाह्रौं

शिक्षाले हामीलाई इन्द्रिय संयमगर्ने प्रेरणादिन्छ, इन्द्रिय वास्तवमा आत्मा

को औजार मात्र हो वा सेवक हो, परमात्माले यी इन्द्रियहरूको सहायताले

आत्माले आफ्नो आवश्यकता पुरा गरोस भनेर दिएको हो, शरीरको पोषण

होस र सुखको अनुभव गरोस यस्को उदेश्य यही हो, जीवनको स्वामी यो

होइन, इन्द्रियहरू सवै उपयोगी छन, धेरै हेर, हेर्न खाँचो नहोस भनेर दुइ

आँखा, सुन्न खाँचो नहोस भनेर दुइ कान, सासफेर्न खाँचो नहोस भनेर नै

दुइ नाकका प्वाल, काम सजिलोसित गर भनेर दुइहात, दिएको हो, ठिक्क

मात्र बोल र ठिक्कमात्र खाउ भनेर दुइ-दुइवटा काम मुखलाई दिएको छ,

सवै इन्द्रियहरु जीवनलाई उन्नति गराउन सहयोगी हुन, यसको सदुपयोग

बाट मानिसले क्षण-क्षणमा आप्नो जीवनको सुखको रसपान गर्छ ।

कुनैपनि इन्द्रिय पापको लागी होइनन, अन्त:करणको अपवित्रताले गर्दा नै

इन्द्रियहरु पापकर्ममा प्रवृत्तहुन वाध्य हुन्छन, शरीरलाई कुन विषयको कति

आवश्यक छ भनेर छुट्याउन नसक्नाले यसरी इन्द्रियको दुरुपयोग हुन्छ,

जसबाट मानिस पतनको बाटोमा तीव्रगतिले ओरालो लाग्छ, इन्द्रिय-भोगको

शास्त्रले निन्दा गरेको छ, यस विषयमा व्याख्या प्रवचन सारा हुन्छ तर

कुन इन्द्रियको आवश्यकता कति हो यो छुट्याउन प्राय धेरैले जान्दैनन र

अनर्थ हुन्छ, यसरी गायत्रीको “दे अक्षरबाट उत्पन्न यो श्लोकले आत्माको

जागरण र त्यसबाट मानको संयम तथा इन्द्रिको ठिक-ठिक सदुपयोग गर्ने

शिक्षा दिन्छ, आजको जगतमा जे-जति उपद्रवहरु हुन्छ, ती मध्ये ९९%

उपद्रव इन्द्रियको उचित उपयोगहुन नसकेको कारणले हुन्छ, आजको विश्व

विनाशको संघारमा छ, शक्तिशाली देश एक-अर्कालाई निशाना साधेर बसेका

छन, कतैबाट कुनै सानो कारण पाउना साथ मर्न-मार्न उतरु हुन्छन, यी सवै

घटना प्रत्यक्ष्य-अप्रत्यक्ष्य रूपले इन्द्रियजन्य हुन ।

याकारण गायत्रीको अर्थ बुझेर जीवनलाई यसले गरेको मार्ग-निर्देशनमा लैजान

सकेको अवस्थामा मानव-जीवन शान्त र आनन्दमय हुन्छ ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: