माओवादीको बैठक : ‘बादल’ सहित १३ जना सांसद र १० केन्द्रीय सदस्यलाई कारवाहीको प्रस्ताव पेश।

  • 39
    Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।

माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ ।

माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बसेको हो । माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव पनि बैठकमा पेश भएको छ । पार्टीको नाम के राख्ने भन्ने चाहिँ प्रस्ताव गरिएको छैन ।

माओवादीभित्र नेकपा (समाजवाद) वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामाले ओलीलाई साथ दिएका छनन् । माओवादी केन्द्रले उनीहरूलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: