भारत र इङ्ल्याण्डबिचको दोस्रो टि-२० आज, इङ्ल्याण्डले जित्ने पक्का।

  • 38
    Shares

काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज साँझ हुँदै छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बाट सुरु हुनेछ ।

 

पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ । घरेलु टिम भारत पनि आजको खेलमा जित निकाल्दै शृंखलामा बराबरीको स्थितिमा पुग्न चाहन्छ ।

 

पहिलो खेलमा भारतको ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोर्नुपरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो । इंग्ल्यान्डले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

भारतले दोस्रो टी-२० मा रोहित शर्मालाई खेलाउने सम्भावना छ । पहिलो खेलमा विश्राम पाएमा उनी शिखर धवनको स्थानमा दोस्रो म्याच खेल्ने पक्का जस्तै छ । इंग्ल्याण्डले भने पहिलो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिने सम्भावना छ । पहिलो खेलमा इंग्ल्याण्ड टिमका ब्याट्सम्यान र बलरले उत्कृष्ट योगदान दिएका थिए ।

 

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ : जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड ।

 

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल/टी नटराजन, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र दीपक चाहर/शार्दुल ठाकुर ।

 

पुलिसलाई मेयर कपको उपाधि

 

नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइलन खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ७ विकेटले हराउँदै उपाधि हात पारेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले जितका लागि पाएको १०६ रनको लक्ष्य २४ ओभर १ बलमा ११० रनमा पूरा गर्यो ।

 

पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ५९ रनको योगदान गरे । त्यस्तै अनिल शाहले १५ रन बनाउँदा कुशल भुर्तेलले १५ रन जोडे । पुलिसका लागि दिपेन्द्र ऐरीले ११ रनको योगदान गरे । बलिङतर्फ एपीएफका लागि भुवन कार्की र अविनास बोहोराले समान एक–एक विकेट लिए ।

 

उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उप–विजेता एपीएफले तीन लाख हात पार्यो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो । एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले १८ रन बनाउँदा भुवन कार्कीले १४ रन जोडे ।

 

बलिङतर्फ पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यस्तै सागर ढकालले ४ विकेट लिए । पुलिसका लागि पवन सरार्फ र ललित राजवंशीले समान  एक–एक विकेट लिए ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: