अहिले गुट बनाएर मलाई हटाए पनि दुई बर्ष पछि सबैले धुलो चाट्ने छन :प्रधानमन्त्री ओली

  • 504
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि निर्वाचन हुँदा अरु (आफ्नो पार्टीबाहेक) सबै पार्टीले ‘धुलो चाट्न बाध्य हुने’ बताएका छन्। प्रतिनिधि सभा विघटनपछि ताजा जनादेशमा जान डराएका दलहरू दुई वर्षपछि हुने निर्वाचनमा ‘धुलो चाट्ने’ दाबी गरेका हुन्।।

१११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरे। ‘नेपाल समृद्ध हुनपर्छ र नेपाली सुखी हुनुपर्छ’ भन्ने सरकारको मूल नारा भएको दाबी गरेका उनले देशलाई अस्थिरतातर्फ धकेल्दा केही मानिसहरुलाई फाइदा हुने भएकाले त्यसमा लागेको दाबीसमेत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले २० महिनापछि दुईतिहाई बहुमतसहित सिंहदरबारमा छिर्ने दावी गरेका छन्। ‘सरकारले प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्‍यो। चुनाव भयो भने लोकतन्त्र सकिन्छ। च्यातिन्छ रे,’ उनले भने, ‘अब दुई वर्षपछि फेरि चुनावमा जानुपर्छ। यसले के च्यान्तिछ? नक्कली लोकतन्त्रवादीहरु हाउभाउसहित भाषण गर्छन्!’

 

फेरी लगाउने जोगीझैँ बेलुका हुईहुई गरेर बजाउने अनि बिहान सोही घरमा पुग्ने भन्दै उनले यसैगरी आफूलाई हटाउन लागेको दाबी गरेका थिए। ‘केपी ओलीले विकास गर्‍यो, यसलाई हटाउन पर्‍यो। विकास नगर्ने सरकार बनाउन पर्‍यो भनेर अरु पार्टीमा निवेदन हाल्न जान्छन्,’ ओलीले भने, ‘हामी कहीँ जादैनौँ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: