ओलीका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई नेपाल-खनाल पक्षको आग्रह।

  • 924
    Shares

काठमाडौँ: नेकपा एमाले माधव नेपाल-झलनाथ खनाल पक्षले केपी ओलीका विधान विपरीतका क्रियाकलापविरुद्ध एकसाथ उभिन देशभरका कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

 

अध्यक्ष ओलीले पछिल्लो समय पार्टी विधान, सिद्धान्त र प्रणालीविपरीत गर्दैआएका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन नेपाल-खनाल पक्षले देशभरका पार्टी सदस्यलाई आग्रह गरेका हुन् ।

 

माधव नेपाल, झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायत नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

 

ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

 

विज्ञप्तिमा उनीहरुले ओलीले वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरण नै समाप्त पारेको आरोप लगाएका छन् । साथै आफ्नै पार्टी एमाले नै विभाजन गर्दै नेपाल कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने ओलीको कदमप्रति उनीहरुले आपत्ति जनाए

का छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: