प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेको मुगुकी ठिल्लेले अभाव र तनावले विद्यालय नै छाडिन् !।

  • 173
    Shares

मुगु, १ चैत । प्रधानमन्त्रीदेखि मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेशन नै चल्यो । तर ती अभिभावकत्व ग्रहण गरिएका बालबालिकाहरुको अवस्था अहिले कस्तो छ ?

 

त्यो अभिभावकत्व ग्रहण गर्ने अभिभावकहरुलाई नै थाहा नहोला । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगुकी ठिल्ले साङमु लामा अभाव र तनावले अहिले विद्यालय जानै छोडेकी छिन् ।

३ बर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार र केही लत्ताकपडा पठाए । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले प्रधानमन्त्रीकी छोरी भने गिल्ला गरिदिदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी छिन ।

 

अभाव र तनावका कारण निकै तिक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुृंगिने चिन्ता समेत बढेको छ । यस्ले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।

 

रारा किनारमा उभिएर मायालु पारामा गरिएको त्यो अभिभावकत्वको घोषणा

 

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथी भाईबाट हेपिन पुगेकीछन् ।

यता वुद्ध माद्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुई पटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए ।

 

३ बर्षमा जम्मा २० हजार र केही लत्ताकपडा

 

घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र लामाको बुवाको पनि निधन भएको हुदा यसै समस्या लाई मनन गर्दे प्रधानमन्त्री ओलिले अभिावकत्व ग्रहण गरेका हुन । अहिले घरमा विहान बेलुका के खाऔ के खाऔ, के लाऔ. र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो गरेका छप्रधानमन्त्रीले अभिावकत्व गरेको करिब ३ वर्ष पुग्दा समेत हाल सम्म २ पटक मात्र १०÷१० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन् ।

 

कुनै सोधपुछ समेत नगरेकोप्रति परिवारजन दुखित्न्

 

प्रधानमन्त्रीले आफ्नी नातिनीलाई छोरी सरह मानेर सम्पूर्ण जिम्मेवारी लिएको तर पठनपाठन लगायत अन्य स्रोतमा सहयोग नभएको ठिल्लेका हजुरबुबा छिरिङ क्यामा लामाको गुनासो छ ।

 

विद्यालयदेखि गाउँघरसम्म सबैले प्रधानमन्त्रीकी छोरी भने जिस्क्याउने गर्दा आफ्नी नातिनी अभावबीच थप तनाव परेर विद्यालय जान छोडेको पनि लामाको गुनासो छ ।

 

प्रधानमन्त्री पत्नी शाक्यकी छोरी छिरिङको अवस्था पनि उस्तै

 

सोही रारा पर्यटन वर्षमा प्रधाामन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ्ग लामालाई ग्रहण गरिन । उनको अवस्थामा पनि अहिले उस्तै रहेको छ ।

 

यस्तै पूर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले अभिभावकत्व गरेकी छोरी र अन्य मन्त्री सांसदहरुले गरेको अभिभावकत्व पनि वारि र पारिकोबीचमा पुल नै नरहे जस्तै भएको छ । ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: