पूर्व कप्तान महेन्द्र सिंह धोनी बुद्ध भिक्षुको अवतारमा यस्तो छ कारण ।

  • 453
    Shares

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् । स्टार स्पोर्ट्सले हालै धोनीको नयाँ लुकको भिडियो आफ्नो ट्विटर र इन्स्टाग्राममा जारी गरेको छ ।

९ सेकेन्डको भिडियोमा धोनी बौद्ध भिक्षुको रूपमा देखिन्छन्। यो भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ ।

आइपिएलको १४ औँ सिजनको तयारीमा चेन्नई सुपर किङ्गसको प्रशिक्षण शिविरमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् । धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो ? चाँडै नै थाहा हुनेछ ।’

 

यो भिडियो र तस्बिर केका लागि खिचिएको हो प्रस्ट नभए पनि विज्ञापनका लागि हुनसक्ने अनुमान लगाउन सकिन्छ । तर धोनीको यो नयाँ लुक सोशल मिडियामा एकदम छिटो ट्रेन्ड हुँदै छ।

 

धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन्

धोनीको सबैभन्दा महत्त्वपूर्ण कुरा तनावको स्थितिमा पनि उनी एउटा बौद्ध भिक्षु जस्तै शान्त रहन्थे। शान्त रूपकै कारण उनले हारिसकेको खेलबाट भारतलाई धेरै खेलहरूबाट बाहिर निकालेर जिताए।

 

धोनीको यो शान्त स्वभावलाई अब स्टार स्पोर्ट्सले बौद्ध भिक्षुको रूपमा दिएको छ। धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: