रास्ट्रिय भेलामा ओलिका झापा आन्दोलनदेखि आजसम्मका सबै काला कर्तुत खोले माधवकुमार नेपाल ले।

  • 46
    Shares

सोमबार भेलाको निचोडसहित नेकपा एमालेको माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

 

बुधबार भेलालाई सम्बोधन गर्दै कार्यपत्र प्रस्तुतअघि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको व्यवहार, कार्यशैलीबारे खण्डन गर्नुभयो ।

मन्तव्यका क्रममा नेता नेपालको भनाइ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको

झापा आन्दोलन कसरी अघि बढ्यो ? त्योभन्दा अघि पार्टी कसरी एकीकृत र विभाजित हुन पुग्यो ? र, २०३० पछि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा उठाउन प्रयत्न गर्यौँ । त्यहीँ सन्दर्भमा म सम्झिएरहेको छु कमरेड सितल झालाई । २०३८ सालदेखि सुरु भएको झापा आन्दोलन र २०३१ सालपछिको प्रयत्न, २०३२ सालको कोअर्डिनेसन केन्द्र । र, त्यहीँ कोअर्डिनेसनका केन्द्रका योद्धा अहिलेसामू हुनुहुन्छ, कमरेड जेएन खनाल, कमरेड मुकुन्द न्यौपनो, कमरेड अमृत बोहरा र म आफैँ स्वयम् । हामी चारैजना कोअर्डिनेसको संस्थापक छँदैछौँ ।

 

झापा आन्दोलनका योद्धाहरु हुनुहुन्छ । शिक्षक, विद्यार्थी यी सबै आन्दोलन सञ्चालन गर्ने योद्धाहरु हाम्रोसामू हुनुहुन्छ । पार्टीको जिम्मेवारी सम्हालेर अघि बढ्नुभएको योद्धाहरु पनि हुनुहुन्छ । यस अर्थमा हामी खुसी छौँ, हामीले जुन बाटो समातेका छौँ, जुन हिसाबले अघि बढिरहेका छौँ त्यो ध्वंश गर्नका लागि होइन निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि हो । कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्धेश्यका साथ गरिएको हो ।

 

हाम्रो चाहना थियो सबै कार्यकर्ताको उपस्थिति एउटै हलमा होस् । त्यस्तो हल हामीले पाउन सकेनौँ । अझैँ कार्यकर्ताको संख्या बढी हुने भएकाले हामीले कटौती गर्नुपर्ने स्थिति बन्यो । नभए हामीले जनवर्गीय संगठनका केन्द्रीय कमिटीका सदस्यहरुलाई पनि आमन्त्रण गर्ने कुरा सोचेका थियौँ । तर, जनवर्गीय संगठनका केन्द्रीय कमिटीको सदस्य संख्या मात्रै पनि झण्डै ३ हजार पुग्ने रहेछ । त्यसो हुनाले एकदम सानो संख्यामा ल्याउनुपर्ने भयो । जिल्ला जिल्ला र प्रदेश प्रदेशबाट पनि तोकिएको संख्यामा कार्यकर्तालाई आमन्त्रण गर्यौँ । यसका बाबजुद पनि यो हलमा, यो परिसरमा व्यवस्थापन गर्न सकिरहेका छैनौँ । तपाईहरुलाई उभिएर सुन्नुपर्ने अप्ठ्यारोले पनि दुखित बनाएको छ । तर, पनि तपाइहरुले आत्तिनुपर्ने केही छैन । दुःख, कष्ट व्यहोर्दै हामी अगाडि बढेका छौँ । त्याग, तपस्या, बलिदान गरेरै अगाडि बढेका छौँ । इतिहास निर्माण गरेका छौँ । परिवर्तन गरेका छौँ समाजलाई, सिंगो व्यवस्थालाई । यसकारण परिवर्तन गर्नेहरु कहिल्यै आत्तिदैनन् र संकटबाट पनि तर्सिदैनन् । संकटको सामना गर्छन्, अगाडि बढ्छनछ।।

 

यस अर्थमा आज सम्झिरहेको छु, कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने कार्ल माकर््स । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र ल्याएर संसारमा बेग्लै वेचारीक धाराको सुरुवात गर्नुभएको थियो । आज कम्युनिष्ट आन्दोलन अघि बढेको १ सय ७३ वर्ष वितेको छ । यस अवधिमा धेरै उचाई अनि धेरै ओरालो चढ्दै आजको अवस्थामा आएको छ । रुसी अक्टोबरको क्रान्तिको कुरा गर्र्दा १९४७ यता १ सय ४ वर्ष वितिसकेको छ । चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको ७२ वर्ष वितिसकेको छ । यसवर्ष चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १०० औँ दिवस मनाउँदैछ । म माओत्सेतुङ, स्टालिन, होचिन, फिडेल क्यास्ट्रो ती सबै नेताहरुप्रति धन्यवाद दिन चाहन्छु ।

 

कम्युनिष्ट पार्टीको पहिलो चिज भनेको विचार हो । दर्शन हो । सिद्धान्त हो । त्यो विचार, सिद्धान्त र दर्शन छैन भने विचारशून्यहरुले कम्युनिष्ट पार्टी बनाउन सक्दैनन् । लक्ष्य हासिल गर्ने क्रममा दृढताका साथ अगाडि बढ्न सक्दैनन् । त्यसो हुनाले विचार शून्य व्यक्तिहरको जमात हामीले तयार गर्ने होइन । अराजनैतिक व्यक्तिहरुको पंक्ति तयार पार्ने होइन । यसकारण हामी सर्वहारा क्रान्तिको दृष्टिकोणका साथ अघि बढ्नुपर्छ । र, यो कम्युनिष्ट आन्दोलनको उचाइ हासिल गर्नुको पछाडि पूराना नेताहरुप्रति सम्मान व्यक्त गर्नुपर्दछ । कमरेड प्ुष्पलालप्रति सम्मान व्यक्त गर्नुपर्छ । कमरेड मनमोहन अधिकारप्रति सम्मान व्यक्त गर्नुपर्छ । र, पछिल्लो कालमा मदन भण्डारी जस्ले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बाटोलाई अघि बढाएर आउनुभयो उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुपर्दछ ।

 

जिल्ला जिल्लामा छरिएर रहेको कम्युनिष्ट आन्दोलन फेरि ब्युँतियो । माओत्सेतुङ भनेजस्तै भुइँमा पछारिएपछि धुलो टकटकाउँदै फेरि उभियौँ, उभिएर अगाडि बढ्ने जमर्काे गर्यौँ, चुनौतीको सामना गर्यौँ । सफलताको शिखरमा पुगिछाड्यौँ । यसो हुनाले आज हामी यो स्थितिमा किन आइपुग्यौँ ? प्रश्न गम्भीर रुपमा खडा भएको छ ।

 

आज यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन । नेकपा एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी । उहाँ नै सबै कामको निम्ति, वितण्डाको निम्ति, यो सबै अवस्थाको निम्ति, पार्टीभित्रको विग्रहको निम्ति, उहाँ नै जिम्मेवार हुनुहुन्छ । हुनुहुन्छ कि हुनुहुन्न ? यसको निम्ति हामीले तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र एक भारी प्रमाणहरु छन् । पूरानो इतिहासको कुरा गर्ने हो भने कमरेड राधाकृष्ण मैनालीलाई समय दिने हो भने व्याख्या गर्न सक्नुहुन्छ । कमरेड मुकुन्द न्यौपानेले बताउन सक्नुहुन्छ । कमरेड मोहनचन्द्र अधिकारी र केपी ओली २०३० सालमा मकहाँ विराटनगरमा दुई महिना मकहाँ बस्नुभएको थियो । मैले रौतहट जिल्ला लिएर गएपछि गिरफ्तार हुनुभएको थियो । उहाँले बताउन सक्नुहुन्छ । अझैँ भन्नुहुन्छ भने कमरेड मुकुन्द न्यौपाने जो झापा आन्दोलनमा लागि परेका योद्धा त्यहाँबाट मोरङ आउनुभयो र पहिलो भेट भएको पूरानो योद्धामध्ये मुकुन्द न्यौपाने हुनुहुन्छ । हामीसँग हुनुहुन्छ, धनेन्द्र बस्नेत । उहाँहरुले भन्न सक्नुहुन्छ । जेलमा सँगसँगै बस्नुभएका योद्धाहरुले भन्न सक्नुहुन्छ । ती विषयमा म जान चाहन्न । उहाँको चिन्तन कस्तो छ ? उहाँको व्यवहार कस्तो छ ? उहाँको कार्यशैली कस्तो छ ? कस्तो रहँदै आएको छ ? यसबारेमा पर्याप्त अनुभव तथा सूचना रहने योद्धाहरु हाम्रो सामू हुनुहुन्छ ।

 

दुई दिनमा हामीले राष्ट्रिय भेलालाई सम्पन्न गर्नुपर्नेछ । यत्रो ठूलो जनसम्पर्क छ । यत्तिकै व्यवस्थापन गर्न सजिलो छैन । व्यवस्थापनमा खट्नुभएको स्वयंसेवक कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईहरुले ठाउँको व्यस्थापन गर्नुभयो र राम्रो ढंगले सञ्चालन भइरहेको छ । कतिपयले आजको यो कार्यक्रम सम्भव नै छैन भनेर कमरेड योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागजात टाँसेर ४ र ५ गतेको भेला स्थगित गरिएको छ । म आफैँ पनि हेरे । होइन यो के पो आएछ भनेर हेरे । असली हस्ताक्षरलाई कपि गरेर बाहिर सम्प्रेषण गरिएको रहेछ । त्यसै मान्छेले भनेको रहेनछन्–साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । यो साइबर स्यालहरु अझैँ बाँचिरहेकै रहेछन् । हिजो मात्रै नेकपा हुँदाखेरी मात्र थियो होला भन्ठानेको त नेकपा एमालले पुनर्जीवन पाइसकेपछि पनि जीवित रहेछ । साइबर स्यालदेखि होसियार ! भोलि यस्तै खालका सूचनाहरु जानेछन् । यस्तै गलत गलत सूचना सम्प्रेषण गरिनेछ । त्यसैले यस्तो भर पर पर्नु पर्ने छैन । भोलि यहीँ सूचनालाई लिएर नेतााहरु आपसमा लड्न थाले भनेर । त्यसैले भ्रमपूर्ण समाचार नपर्नुहोला !

 

यो लडाइ पदको लडाइ होइन सिद्धान्तको लडाइ हो । नीतिको लडाइ हो । यो विधिको लडाइ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइ हो । कस्तो खालको पार्टी निर्माण गर्ने लक्ष्यसँग जोडिएको छ । इमान्दारितासँग जोडिएको छ । आन्दोलनको निष्ठासँग जोडिएको छ । त्यसो हुनाले अग्निपरीक्षामा रहेकाले अरुलाई पनि चुनौती दिन्छौँ–कम्युनिष्ट आन्दोलन कसरी अगाडि बढाउनुहुन्छ ? पहिलेको सन्दर्भमा म धेरै चर्चा गर्न चाहन्न । नभए २०१७ सालमा नेकपाको अध्यक्ष बन्नु नै दूर्भाग्य हो भनेर कमरेड बामदेव गौतम अहिले पनि भन्दै हुनुहुन्छ । उहाँ अध्यक्षमा निर्वाचित हुनु नै दूर्भाग्य भयो । र, अहिले अब यो नेकपा ओरालै ओरालो संकट गयो भन्ने धेरैलाई लागिसकेको छ । तर, हामी कति लड्यौँ ? उहाँसँग बैठक बस्नका लागि उहाँलाई अनुनय विनय गर्नुपर्ने । यस्तो खालको अवस्था त्यतिबेला विद्यमान थियो । कुन कुन मितिको बैठकमा के के भएको थियो ? टिकट वितरण पूर्वाग्रह राख्नुहुन्थ्यो, नियुक्तीमा पूर्वाग्रह राख्नुहुन्थ्यो, कार्याविभाजनमा पूर्वाग्रह राख्नुहुन्थ्यो, कामको जिम्मेवारी दिने कुरामा पूर्वाग्रह राख्नुहुन्थ्यो र विभिन्न ढंगले गुटगत कामलाई निरन्तरता दिने काम गर्नुहुन्थ्यौँ । गुटको सुरुवात उहाँले गर्नुभएको हो, मदन भण्डारी फाउन्डेसनको नाममा ।

 

तपाईहरु जिल्ला जिल्लामा पीडित हुनुहुन्छ । हामी पनि पीडित । पीडित–पीडित एक ठाउँमा भेला भएका छौँ । त्यसो हुनाले हाम्रो एकता बलियो छ । किनभने सबैको पीडा, व्यथा, वेदना समान छ । यसअर्थ हामीले उठाइरहेको मुद्धा भनेको– कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ ? कम्युनिष्ट पार्टी कसरी चलाउनुपर्दाेरहेछ ?

 

अन्तमा अहिले पनि हामी मिलेरै अगाडि बढ्न चाहेका छौँ । हाम्रो उद्धेश्य भनेको नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनको जुन हैसियत प्राप्त गरेका छौँ त्यसलाई जोगाऔँ । पहिले पूर्व एमालेलाई बलियो बनाऔँ । सुदृढ बनाऔँ । त्यसका लागि हामीले नवौँ महाधिवेशनका लागि दस्तावेज तयार पारेका छौँ । विद्यानको मान्यताअनुसार अघि बढौँ । राजनीतिक क्रान्ति पूरा गरिसकेकपछि आर्थि क्रान्ति पूरा गर्ने कार्यभार छ । त्यो कार्यभार पूरा गर्न लागिपरौँ । पहिलेजसरी राजनीति क्रान्ति गर्दाखेरी त्याग, तपस्या, बलिदान, निस्वार्थ इमान्दार राखेका थियौँ । त्यसको फेरी आवश्क्तायस अर्थमा आज सम्झिरहेको छु, कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने कार्ल माकर््स । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र ल्याएर संसारमा बेग्लै वेचारीक धाराको सुरुवात गर्नुभएको थियो । आज कम्युनिष्ट आन्दोलन अघि बढेको १ सय ७३ वर्ष वितेको छ । यस अवधिमा धेरै उचाई अनि धेरै ओरालो चढ्दै आजको अवस्थामा आएको छ । रुसी अक्टोबरको क्रान्तिको कुरा गर्र्दा १९४७ यता १ सय ४ वर्ष वितिसकेको छ । चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको ७२ वर्ष वितिसकेको छ । यसवर्ष चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १०० औँ दिवस मनाउँदैछ । म माओत्सेतुङ, स्टालिन, होचिन, फिडेल क्यास्ट्रो ती सबै नेताहरुप्रति धन्यवाद दिन चाहन्छु ।

 

कम्युनिष्ट पार्टीको पहिलो चिज भनेको विचार हो । दर्शन हो । सिद्धान्त हो । त्यो विचार, सिद्धान्त र दर्शन छैन भने विचारशून्यहरुले कम्युनिष्ट पार्टी बनाउन सक्दैनन् । लक्ष्य हासिल गर्ने क्रममा दृढताका साथ अगाडि बढ्न सक्दैनन् । त्यसो हुनाले विचार शून्य व्यक्तिहरको जमात हामीले तयार गर्ने होइन । अराजनैतिक व्यक्तिहरुको पंक्ति तयार पार्ने होइन । यसकारण हामी सर्वहारा क्रान्तिको दृष्टिकोणका साथ अघि बढ्नुपर्छ । र, यो कम्युनिष्ट आन्दोलनको उचाइ हासिल गर्नुको पछाडि पूराना नेताहरुप्रति सम्मान व्यक्त गर्नुपर्दछ । कमरेड प्ुष्पलालप्रति सम्मान व्यक्त गर्नुपर्छ । कमरेड मनमोहन अधिकारप्रति सम्मान व्यक्त गर्नुपर्छ । र, पछिल्लो कालमा मदन भण्डारी जस्ले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बाटोलाई अघि बढाएर आउनुभयो उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुपर्दछ ।

 

जिल्ला जिल्लामा छरिएर रहेको कम्युनिष्ट आन्दोलन फेरि ब्युँतियो । माओत्सेतुङ भनेजस्तै भुइँमा पछारिएपछि धुलो टकटकाउँदै फेरि उभियौँ, उभिएर अगाडि बढ्ने जमर्काे गर्यौँ, चुनौतीको सामना गर्यौँ । सफलताको शिखरमा पुगिछाड्यौँ । यसो हुनाले आज हामी यो स्थितिमा किन आइपुग्यौँ ? प्रश्न गम्भीर रुपमा खडा भएको छ ।

 

आज यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन । नेकपा एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी । उहाँ नै सबै कामको निम्ति, वितण्डाको निम्ति, यो सबै अवस्थाको निम्ति, पार्टीभित्रको विग्रहको निम्ति, उहाँ नै जिम्मेवार हुनुहुन्छ । हुनुहुन्छ कि हुनुहुन्न ? यसको निम्ति हामीले तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र एक भारी प्रमाणहरु छन् । पूरानो इतिहासको कुरा गर्ने हो भने कमरेड राधाकृष्ण मैनालीलाई समय दिने हो भने व्याख्या गर्न सक्नुहुन्छ । कमरेड मुकुन्द न्यौपानेले बताउन सक्नुहुन्छ । कमरेड मोहनचन्द्र अधिकारी र केपी ओली २०३० सालमा मकहाँ विराटनगरमा दुई महिना मकहाँ बस्नुभएको थियो । मैले रौतहट जिल्ला लिएर गएपछि गिरफ्तार हुनुभएको थियो । उहाँले बताउन सक्नुहुन्छ । अझैँ भन्नुहुन्छ भने कमरेड मुकुन्द न्यौपाने जो झापा आन्दोलनमा लागि परेका योद्धा त्यहाँबाट मोरङ आउनुभयो र पहिलो भेट भएको पूरानो योद्धामध्ये मुकुन्द न्यौपाने हुनुहुन्छ । हामीसँग हुनुहुन्छ, धनेन्द्र बस्नेत । उहाँहरुले भन्न सक्नुहुन्छ । जेलमा सँगसँगै बस्नुभएका योद्धाहरुले भन्न सक्नुहुन्छ । ती विषयमा म जान चाहन्न । उहाँको चिन्तन कस्तो छ ? उहाँको व्यवहार कस्तो छ ? उहाँको कार्यशैली कस्तो छ ? कस्तो रहँदै आएको छ ? यसबारेमा पर्याप्त अनुभव तथा सूचना रहने योद्धाहरु हाम्रो सामू हुनुहुन्छ ।

 

दुई दिनमा हामीले राष्ट्रिय भेलालाई सम्पन्न गर्नुपर्नेछ । यत्रो ठूलो जनसम्पर्क छ । यत्तिकै व्यवस्थापन गर्न सजिलो छैन । व्यवस्थापनमा खट्नुभएको स्वयंसेवक कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । तपाईहरुले ठाउँको व्यस्थापन गर्नुभयो र राम्रो ढंगले सञ्चालन भइरहेको छ । कतिपयले आजको यो कार्यक्रम सम्भव नै छैन भनेर कमरेड योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागजात टाँसेर ४ र ५ गतेको भेला स्थगित गरिएको छ । म आफैँ पनि हेरे । होइन यो के पो आएछ भनेर हेरे । असली हस्ताक्षरलाई कपि गरेर बाहिर सम्प्रेषण गरिएको रहेछ । त्यसै मान्छेले भनेको रहेनछन्–साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । यो साइबर स्यालहरु अझैँ बाँचिरहेकै रहेछन् । हिजो मात्रै नेकपा हुँदाखेरी मात्र थियो होला भन्ठानेको त नेकपा एमालले पुनर्जीवन पाइसकेपछि पनि जीवित रहेछ । साइबर स्यालदेखि होसियार ! भोलि यस्तै खालका सूचनाहरु जानेछन् । यस्तै गलत गलत सूचना सम्प्रेषण गरिनेछ । त्यसैले यस्तो भर पर पर्नु पर्ने छैन । भोलि यहीँ सूचनालाई लिएर नेतााहरु आपसमा लड्न थाले भनेर । त्यसैले भ्रमपूर्ण समाचार नपर्नुहोला !

 

यो लडाइ पदको लडाइ होइन सिद्धान्तको लडाइ हो । नीतिको लडाइ हो । यो विधिको लडाइ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइ हो । कस्तो खालको पार्टी निर्माण गर्ने लक्ष्यसँग जोडिएको छ । इमान्दारितासँग जोडिएको छ । आन्दोलनको निष्ठासँग जोडिएको छ । त्यसो हुनाले अग्निपरीक्षामा रहेकाले अरुलाई पनि चुनौती दिन्छौँ–कम्युनिष्ट आन्दोलन कसरी अगाडि बढाउनुहुन्छ ? पहिलेको सन्दर्भमा म धेरै चर्चा गर्न चाहन्न । नभए २०१७ सालमा नेकपाको अध्यक्ष बन्नु नै दूर्भाग्य हो भनेर कमरेड बामदेव गौतम अहिले पनि भन्दै हुनुहुन्छ । उहाँ अध्यक्षमा निर्वाचित हुनु नै दूर्भाग्य भयो । र, अहिले अब यो नेकपा ओरालै ओरालो संकट गयो भन्ने धेरैलाई लागिसकेको छ । तर, हामी कति लड्यौँ ? उहाँसँग बैठक बस्नका लागि उहाँलाई अनुनय विनय गर्नुपर्ने । यस्तो खालको अवस्था त्यतिबेला विद्यमान थियो । कुन कुन मितिको बैठकमा के के भएको थियो ? टिकट वितरण पूर्वाग्रह राख्नुहुन्थ्यो, नियुक्तीमा पूर्वाग्रह राख्नुहुन्थ्यो, कार्याविभाजनमा पूर्वाग्रह राख्नुहुन्थ्यो, कामको जिम्मेवारी दिने कुरामा पूर्वाग्रह राख्नुहुन्थ्यो र विभिन्न ढंगले गुटगत कामलाई निरन्तरता दिने काम गर्नुहुन्थ्यौँ । गुटको सुरुवात उहाँले गर्नुभएको हो, मदन भण्डारी फाउन्डेसनको नाममा ।

 

तपाईहरु जिल्ला जिल्लामा पीडित हुनुहुन्छ । हामी पनि पीडित । पीडित–पीडित एक ठाउँमा भेला भएका छौँ । त्यसो हुनाले हाम्रो एकता बलियो छ । किनभने सबैको पीडा, व्यथा, वेदना समान छ । यसअर्थ हामीले उठाइरहेको मुद्धा भनेको– कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ ? कम्युनिष्ट पार्टी कसरी चलाउनुपर्दाेरहेछ ?

 

अन्तमा अहिले पनि हामी मिलेरै अगाडि बढ्न चाहेका छौँ । हाम्रो उद्धेश्य भनेको नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनको जुन हैसियत प्राप्त गरेका छौँ त्यसलाई जोगाऔँ । पहिले पूर्व एमालेलाई बलियो बनाऔँ । सुदृढ बनाऔँ । त्यसका लागि हामीले नवौँ महाधिवेशनका लागि दस्तावेज तयार पारेका छौँ । विद्यानको मान्यताअनुसार अघि बढौँ । राजनीतिक क्रान्ति पूरा गरिसकेकपछि आर्थि क्रान्ति पूरा गर्ने कार्यभार छ । त्यो कार्यभार पूरा गर्न लागिपरौँ । पहिलेजसरी राजनीति क्रान्ति गर्दाखेरी त्याग, तपस्या, बलिदान, निस्वार्थ इमान्दार राखेका थियौँ । त्यसको फेरी आवश्क्ता रहेको छ

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: