एमालेमा विभाजनको विउ रोपियो, दुई पक्षका गतिविधि फुट उन्मुख !

  • 157
    Shares

सर्वोच्च अदालतको फैसलापछि व्यूँतिएको सत्तारुढ नेकपा एमाले यतिवेला संकटतर्फ धकेलिएको छ । हाल १ सय २० सांसद संख्या रहेको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल समूहका छुट्टा–छुट्टै बैठक र भेलाहरु हुन थालेका छन् ।

 

बुधबार र बिहीबार दुई दिनका लागि एमालेको संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना ग-यो । यो भेला गर्ने र सहभागी हुनेलाई कारवाही गर्ने ओली समूहले चेतावनी नै दिएको छ । यदि ओली समूहको चेतावनी कार्यान्वयन हुन आयो भने एमाले विधिवत्रुपमै विभाजित बन्नेछ ।

 

मंगलबार साँझतिर नेकपा एमाले ईश्वर पोखरेलले एक विज्ञप्ती जारी गर्दै एमालेको कुनै किसिमको राष्ट्रिय भेला आयोजना नभएको सन्देश दिए । उनले जारी गरेको विज्ञप्तीमा पार्टी संगठनको निर्देशन विपरित भएका कुनै भेला गरे वा त्यस्तो भेलामा सहभागी बने कारवाही गर्ने उल्लेख छ । तर, माधव–झलनाथ समूहले उल्टै कारवाही गरेर देखाउन चुनौति नै दिएको छ ।

साविकको नेकपा रहँदै माधव–झलनाथ समूह प्रचण्डसँग नजिक थिए । सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि माधव–झलनाथ समूह एमालेमै फर्कियो भने प्रचण्डले माओवादी केन्द्रलाई विस्तार गर्ने गरी पार्टी बैठकहरु राखे ।

 

माओवादी केन्द्रका महासचिव रामबहादुर थापा ‘बादल’ सहित २३ जना एमाले अर्थात ओली समूहसँग जोडिन पुगे । तर, माधव–झलनाथ समूहले ओली विरुद्ध आन्तरिक संघर्ष जारी राख्ने भन्दै एमालेको बलियो गुटकारुपमा अघि बढेका छन् ।

 

आगोमा घिउ भनेझैं गत फागुन २८ गते अध्यक्ष र महासचिव मात्र रहने गरी सबै पदाधिकारी खारेज गर्दै माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा मनोनित गरे । उनले प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरे ।

 

माधव–झलनाथ निकटलाई हटाउँदै ओलीले केही पूर्वमाओवादी केन्द्रका नेताहरु र आफू निकटलाई जिम्मेवारी दिए । यसबाट थप रुष्ट बनेको माधव–झलनाथ समूहले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्दै पार्टी फुटलाई गति दिएका छन् । तर, उनीहरुले एमाले फुटाउने प्रयासमा ओली समूह सक्रिय बनेको बारम्बार आरोप लगाउँदै आएका छन् ।

 

चैत ३ गते वालुवाटारमा ओली समूहले चियापान आयोजना गरेका थिए । सो चियापानमा माधव–झलनाथ समूह सहभागी बनेनन् । उता, कर्णाली प्रदेशमा ओली निकट मानिएका नेता यमलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेमा थप जटिलता उत्पन्न भएको छ ।

 

प्रकाश ज्वाला लगायतका माधव–झलनाथ निकट नेताहरुले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता नभएको बताइसकेका छन् । स्मरणीय के छ भने, नेकपा फुटको जरा पनि कर्णाली नै बनेको थियो । कर्णाली प्रदेशमा पहिलो पटक ओली समूहले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि साबिकको नेकपामा चरम द्वन्द्व उत्पन्न भएको थियो ।

 

अहिलेको परिस्थितिमा पनि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने ओली समूहको निर्णयमा माधव–झलनाथ समूहको असहमति रहेको छ । यसले केन्द्रीय तहमै पार्टी विभाजनको विउ रपेको छ ।

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: