तानाशाहि प्रबृति प्रतिगमनकारी ओलीसँग सत्ता साझेदारी हुँदैन : अध्यक्ष यादव

  • 57
    Shares

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै सत्ता साझेदारी गर्न नसकिने बताउनुभएको छ ।

 

बिहीबार जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले ‘प्रतिगमनकारी ओली’सँग सहकार्य गर्नै नसकिने बताउनुभएको हो ।

सञ्चाकर्मीसँग उहाँले भन्नुभयो, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु पर्‍यो ? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन। हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन ।’

 

प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले बताउनुभएको छ । उहाँका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पारेर संघीयतलाई खारेज गर्न बल दिनु हो ।

 

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको उहाँको आरोप छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधीसँग सहकार्य हुनै नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: