सूर्य थापाले प्रचण्डलाई सोधे, ‘तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने के हैसियत छ ?’

  • 389
    Shares

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वाग्रह र द्वेषको दलदलमा फसेको आरोप लगाएका छन् ।

 

तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज कसैले नसुन्ने भन्दै थापाले त्यस्ता गालीगलौज नपत्याउने र विश्वास नगर्ने बताए ।

 

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘एउटा भनाइ चर्चित छ,

रिसाएको बिरालोले खाबो चिथोर्छ । पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ।’

 

उनले केपी ओलीसँग कुनै तुलना हुन नसक्दै भन्दै लेखेका छन्, ‘तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला । तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।’

 

सूर्य थापाको स्टाटस यस्तो छ–

 

एउटा भनाइ चर्चित छ,

रिसाएको बिरालोले खाबो चिथोर्छ १

पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ।

 

धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि ।

 

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालितपोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ? नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?

 

उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो रु नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९.५ बर्षसम्म ? कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?

 

आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?

 

आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ।

तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।

भर्खरै

सम्बन्धित समाचार

error: