उल्टै ओलिलाई स्पष्टिकरण सोध्ने तयारिमा माधवकुमार नेपाल समूह ।

  • 52
    Shares

नेकपा एमालेको ओली समूहपछि एमालेको माधव नेपाल समूहले ओली समूहलाई स्पष्टीकरण सोध्ने भएको छ । तीन दिने ओली समूहले पठाएको स्पष्टीकरणको जवाफ समयसीमाभित्रै दिने बताउँदै स्पष्टीकरणको जवाफसहित ओलीलाई पनि प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको जनाइएको छ ।

ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज (बुधबार) सकिँदैछ । तीन दिनअघि एमाले महासचिव ईश्वर पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए ।

 

ओली समूहले पठाएको स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारबाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव समूहका नेताहरु अनुपस्थित थिए भने माधव समूहले बैठक बसिरहकै समयमा ५ बुँदे मागपत्र पठाएको थियो ।

 

  1. एमाले उपाध्यक्ष भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन् । उनका अनुसार मनपरी ढंगले गरिएका क्रियाकलापहरु आफूहरुलाई अमान्य छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: