रबि लामिछानेलाई इन्द्रेणी मार्फत यति धेरै रकम प्राप्त भएपछि खुशि हुँदै सबैलाई यस्तो भने ,पुरा समाचार हेर्नुहोस !

  • 50
    Shares

 

काठमाडौं : कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताल निर्माणका लागी देश तथा विदेशमा रहेका नेपाली सहयोगी मनहरुले इन्द्रणी मार्फत पठाएको रकम ६ लाख ६५ हजार ११५ इन्द्रेणी कार्यक्रमका संचालक तथा समाजका अध्यक्ष कृष्ण कंडेलले एक कार्यक्रममा पत्रकार रबि लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका छन्।

 

पत्रकार रबि लामिछाने र कालिकोटका समाजसेवी तुलाराज सिम्खाडको पहलमा अस्पताल भवन बन्न लागेको बताए । जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पतालको काम अन्तिम चरणमा पुगेको लामिछानेले बताएका छन् ।

 

लामिछाने का अनुसार चैत १५ गतेसम्म निर्माणसम्पन्न गरी सेवा सुचारु गरिसकिने छ। ६ करोड २२ लाखको लागतमा अस्पताल भवन बन्दै छ। चैत १५ गते देखि रास्कोटमा एमडिसहित सेवा सुचारु गर्ने तयारी रहेको बताए । औषधि उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनी रास्कोटमा सामुदायिक अस्पताल स्थापना गरिएको लामिछानेले बताए।

 

सामुदायिक अस्पतालका केहि विशेषताहरू :

 

१) हाम्रो अस्पताल पूर्णतया डिजिटल अर्थात कागजरहित हुनेछ । जँचाउन आउने विरामीको रेकर्ड आजीवन राखिन्छ जसले विरामी उपचारमा पनि महत्वपूर्ण सहयोग गर्नेछ ।

 

२) काठमाडौँमा हामीले देख्ने गरेका छौँ , पढेलेखेका मानिसहरू पनि अस्पतालमा अल्मलिलन्छन् । हाम्रो अस्पतालमा विरामीलाई यति नं कोठामा जानुस भनिने छैन , हाम्रो अस्पतालमा अलग अलग वार्ड र विभागहरू अलग अलग रङमा रङ्गिने छन् अर्थात् , विरामीलाई यो रङको कोठामा जानुस भनिनेछ । साथै अस्पतालको नक्सा पनि ठाउँ ठाउँमा राखिनेछ । यसले सबै प्रकारका अलमलको हल गर्नेछ ।

 

३) हाम्रो अस्पतालमा विरामीको एक जना कुरूवालाई बस्ने व्यवस्था निशुल्क मिलाइनेछ । विरामीका अन्य आफन्तलाई पनि बस्ने – खाने व्यवस्था सशुल्क मिलाइनेछ ।

 

४) अस्पतालमा विरामीको रोगका बारेमा बुझाउन अत्याधुनिक (क्यामरा सहित) परामर्श कक्ष बनाइनेछ । विरामीको रोगका बारेमा डाक्टरले विरामीका आफन्तलाई क्यामराको निगरानीमा बुझाउनेछन् ।

 

५) विरामी – बेड – स्वास्थ्यकर्मीको अनुपात विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार राखिनेछ ।

 

कालिकोट जिल्लाको रास्कोट नगरपालिका मा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पत्रकार रवी लामिछाने र समाजसेवी तुलाराज सिम्खाडाको पहलमा निर्माण भइरहेको अस्पतालको निर्माण कार्य अन्तीम चरणमा पुगिसकेको संचालक समितिका सदस्य तथा अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिएका छन ।

 

न्यौपानेका अनुसार, यही चैत १५ गते सम्म निर्माण सम्पन्न गरेर सेवा सुरु गरिसक्ने बताए । ६ करोड २२ लाखको लागतमा अस्पतालको भवन निर्माण भइरहेको छ ।१५ गते देखी रास्कोटमा एमडिपी सहितको सेवा सुरु गर्ने गरि सेवा सुरु गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलाराज सिम्खाडाले बताए । चैत १५ गते औपचारीक रुपमा भवनको उद््घाटन गर्ने गरि काम भइरहेको उनको भनाई छ ।

 

अस्पताल निर्माणका लागी देशका विभिन्न क्षेत्रबाट संकलित सहयोग र स्थानिय सरकार, प्रदेश सरकार र विभिन्न सहयोगी मनहरुबाट प्राप्त उठेको रकमले अस्पताल निर्माण हुन लागेको छ । अझ विद्युत, खानेपानी लगायतमा काम हुन वाँकी रहेको अध्यक्ष सिम्खाडाले बताए ।

 

औषधी उपचार नपाएर कसैले पनी ज्यान गुमाउन नपरोस भनेर रास्कोटमा सामुदायिक अस्पतालको स्थापना गरिएको सिम्खाडाले बताए । उनले भने, अहिले पनी पुरानो आयुर्वेदको भवनमा रहेर सामुदायिक अस्पताले जटिल खालको उपचार गरिरहेको छ । निर्माणधिन अस्पतालको भवन नमुना, भुकम्प प्रतिरोधात्मक र बिरामी लाई छुट्टा छ्ट्टै राखेर सेवा दिईने छ ।

 

निर्माणाधिन अस्पतालको भवनको नगरपालिकाले पनी अनुगमन गरेको छ । नगर प्रमुख काशिचन्द बराल सहितको टोलिले भवनका निर्माण कार्य छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

भर्खरै

सम्बन्धित समाचार

error: