देख्ने बित्तिकै कृष्ण भगवानको दर्शन गरि पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।

  • 3.1K
    Shares

 

सच्चिदानन्दरूपाय विश्वित्पत्यादिहेतवे ।

तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुम: ।।

अर्थ**जो जगतको उत्पत्ति, स्थिति र संहारको कारण हुनुहुन्छ, जो तीनताप (आधिदैविक, आधिभौतिक र आध्यात्मिक) लाई विनाश गर्नुहुन्छ, त्यस्ता सच्चिदानन्दस्वरूप भगवान श्रीकृष्णलाई हामीहरु वन्दना गर्छौं ।

व्याख्या***परमात्माको तीन-स्वरूपलाई शास्त्रमा व्याख्या गरेको छ, सत-सत्यस्वरूप, चित-प्रकाशवान र मौन र आनन्द-स्वरूप हुनुहुन्छ, जो सत्य

रूपले जगतभरी प्रकट भएर व्याप्त हुनुहुन्छ, चितरूपले चैतन्य-प्रकाशको

रूपमा (बाहिरि प्रकाश होइन) सवैको अन्तर्हृदयमा मौन (मात्र साक्षीभावले)

रहनुहुन्छ, र उहाँ सर्वानन्द वा नित्यानन्द अर्थात उहाँ सर्वोच्च आनन्दको

स्थानमा हुनुहुन्छ जुन आनन्द सदा अखण्ड, अक्षुण्ण, सनातन छ ।

हामी देहधारी जीवमा आनन्द भएर पनि आनन्द-दर्शन हुन सकेको छैन, हामी बाह्य भौतिक वा भोग्य वस्तुमा पाइने क्षणिक सुखलाईनै आनन्द मानेर हिडेका छौ, यदि आनन्दको दर्शन गर्नु छ भने, जीवन प्रवाहको दुइ

किनारका फूल र काँडारूपी सुख-दु:खलाई होइन, जीवनको प्रवाहलाई हेर्नु

पर्छ (कसैले सोध्लान “तैले आनन्द देखिस त” भनेर अत्त थाप्लान, यहाँ

हामी सवै सांसारिक प्राणी हौं, आनन्दको नित्य, अखण्ड आनन्द-दर्शन

गर्न त नसकिएका तर वास्तविक आनन्दको अनुभूति भने गर्न सकिन्छ,

मानिसको जीवनको श्वास-प्रश्वासमा आनन्द, दूधमा घीउ व्याप्त भएको जस्तै व्याप्त छ, यस्लाई देख्ने अन्तर्दृष्टि खुलेको हुनुपर्छ ।

तापत्रय भन्नाले देवताबाट हुने ताप-भूकम्प, बाढि-पहिरो, अतिवृष्टि वा

अनावृष्टि, उल्कापात, वज्रपात, आँधिवेहरी आदि समस्याबाट मानिले जुन

ताप वा पीडाको अनुभव गर्छ, त्यो आधिदैविक ताप हो ।

आधिभेतिक ताप- हिंसक जन्तुको आक्रमण, शत्रुको हतियार प्रयोग, सवारी

दुर्घटना, विषालु कीराहरुको डसाई, आगोमा पर्नु, पानीमा डुब्नु आदि तापहरु

आधिभौतिक ताप हुन ।

आध्यात्मिक ताप-यो ताप आफ्नै सोचविचार र गतिविधिको परिणाको रूपमा

देखा पर्ने ताप हो, जस्तै धूम्रपान गर्नेलाई क्यान्सर, मादक पदार्थ पिउनेलाई

क्षयरोग, गाँजा-भाङ्ग, आदि अन्य लागुपदार्थ सेवन गर्नेलाई अनेक प्रकारका

रोगहरु लाग्नु, खराव चरित्रको कारण, राजको-कानुन, सामाजिक बहिष्कार, परिवारको विछोड, गरीवी, आदि समस्या मानिसको आफ्नै कारणले उत्पन्न

हुने हुँदा यस्ता तापलाई आध्यात्मिक ताप भनिन्छ, अन्यथा हरेक मानिसमा

यति क्षता हुन्छ कि, उ एउटाले स्वयं बाँचेर अन्य धेरैलाई बाँच्न सहयोग गर्न भ्याउछ, तर यहि आध्यात्मिक तापकै कारणले धेरै मानिहरु सम्पूर्ण अङ्गले सम्पन्न भएपनि अपाङ्ग समान अरुको सहायता लिन वाध्य छ ।

भगवान श्रीकृष्णको शरणमा जाने भक्तलाई यस्ता तापहरु उदैन भन्ने यस

श्लोकको आशय हो, यस्ता भगवान श्रीकृष्णलाई हामीहरु न मस्कार गर्छे ।

#नारद_ढुंगाना

भर्खरै

सम्बन्धित समाचार

error: