चिनिया अनुदानको अक्सिजन सिलिन्डरमा वन मन्त्रि प्रेम आलेले टाले आफ्नो फोटो

  • 199
    Shares

काठमाडौं-नेकपा एमालेका नेता तथा केपी शर्मा वली नेतृत्वको सरकारका वनमन्त्री प्रेम आलेको प्रचार मोह छर्लंग भएको छ । देश कोरोना महामारीले आक्रान्त भएको बेला चारैतिर अक्सिजनको हाहाकार रहेको बेलामा चाइनाबाट अनुदानमा आएको भनिएका अक्सिजन सिलिन्डरमा मन्त्रि प्रेम आलेले आफ्नो आफ्नो व्यक्तिगत सहयोगमा आएको अक्सिजन सिलिन्डर भन्दै सिलिन्डरमा फोटो टाली प्रचारप्रसार गरेका छन् ।

 

मन्त्रि आले बारम्बार विवादमा आइरहने नेता हुन् । केहि समय अगाडी सार्वजनिक कार्यक्रममै मन्त्रि आलेले रुखले मानिसहरुलाई कार्बनडाइअक्साइड दिन्छ मान्छेले रुखलाई अक्सिजन दिन्छ भनेको भासणको सर्वत्र बिरोध भएको थियो । अहिलेपनि चिनिया सरकारबाट अनुदानमा आएको भनिएका अक्सिजन सिलिन्डरमा आफ्न्तो व्यक्तिगत फोटो राखेर प्रचार गरेपछि मन्त्रि आले पुनः विवादमा तानिएका छन् ।

 

टालिएको पोस्टरमा मन्त्रि आलेको तस्विरसहित ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्रि प्रेम बहादुर आले ज्युको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री” वाक्यास लेखिएको छ । उक्त अक्सिजन सिलिन्डर चिनिया सरकारले अनुदानमै दिएको हो या होइन अझै भने खुलेको छैन ।

यस्तै ऊनले प्राईमटाईम्स संग कुराकानी गर्दै वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए ।

 

उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।” महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए ।

उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”

 

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन्

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: