मेयर विद्यासुन्दर शाक्य भन्नुहुन्छ : भित्तामा कार्टुन बनाएर मेरो प्रचार गरिएकोमा धन्यवाद ।

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रत्नपार्कको पुलको भित्तामा आफ्नो कार्टुन कारेर प्रचार गरिएकोमा धन्यवाद दिएका छन् ।

 

मंगलबार नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले कार्टुन बनाएर प्रचार गरिएकोमा व्यक्तिगत रुपमा आफूले धन्यवाद दिन चाहेको उनले भने ।

 

उनले भने, ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’ केही दिनअघि नेपाली काँग्रेस

 

निकट विद्यार्थी संघ नेविसंघले रत्नपार्कको आकाशे पुलको भित्तामा ‘काठमाडौं महानगरपालिका मु’र्दावाद’ र ‘विद्यासुन्दर शाक्य मु’र्दावाद’ भन्ने नाराका साथ कार्टुन कोरेका थिए । उक्त विषयमा आज शाक्यले मुख खोल्न बाध्य भए ।

 

तर, जो कोही नीतिभन्दा बाहिर जान नहुने बताउँदै सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नमिल्ने उनको भनाइ रहेको छ । उनका अनुसार जे नीति छ, त्यही नीति कार्या’न्वयन गर्नुपर्छ ।

 

यसैगरी ‘को’भिड फ्रन्ट’लाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको पनि बताएका छन् । साथै, आफूले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको तर, मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गर्न नमिल्ने उनले बताए ।

 

उनले भने, ‘म सकारात्मक सुझाव ग्रहण गर्न तयार छु । तर, सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्ते’लेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु ।

 

त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’ ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओम’प्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते

 

लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो ।उत्तः आदेशससँगै महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको उनको भनाइ छ । तर, अझैँ पनि पूर्ण रुपमा त्यसको कार्या’न्वयन भने हुन सकेको छैन ।

 

साथै, निर्वाचनमा उम्मेदवार हुँदा कसैले भित्तामा कार्टुन लेखेर प्रचार नगरेको पनि उनले बताएका छन् । उनका अनुसार त्यसबेलाको निर्वाचनमा कसैले पनि भित्तामा प्रचार गरेनौँ ।

उनले भने, ‘उम्मे’दवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’ चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकुल

 

नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भने, ‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ निरु हामी कसैले पनि सर्वोच्च अदा’लतको फैसला, काठमाडौँ महानगरपालिकाकाको

 

कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’अन्तमा मेयर शाक्यले आफू महानगरपालिकामा मेयरमा निर्वाचित भएर आएपछि महानगरलाई ‘साँस्कृतिक शहर काठमाडौँ महानगर’का रुपमा चिनाउन अघि बढिरहेको पनि उनले बताए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: