बालुवाटारमा किचनका सामान देखि एसि सबै एकाएक गायब ।

  • 667
    Shares

राष्ट्रपतिदेखि मन्त्रीसम्मलाई उनीहरुले रोजेका सरसामान किनिदिने भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीलाई हामीले सोध्यौं- तपाईहरुले धेरै मन्त्रीलाई सरसामान किनेर पठाइदिनुभएको छ, यसबारे कुनै रोचक अनुभूति छैनन् ?

 

हाम्रो प्रश्नको जवाफ दिनुपूर्व उनले आफ्नो नाम गोप्य राखिदिने शर्त तेर्स्याए । अनि ढोका थुनेर साउतीको स्वरमा बोल्न थाले । कोठाभित्र बसेर हामीसँग कुरा गर्दैगर्दा उनी निकै चनाखो देखिन्थे । कसैले ढोका चलायो भने उनी विषयवस्तुलाई अन्त मोडिहाल्थे ।

ती कर्मचारीका अनुसार मन्त्रीहरुले ब्राण्ड तोकेर मगाउने त्यस्ता महंगा सामानहरु कतिपय प्रयोगविहीन हुन्छन् । मन्त्री क्वाटरको लामो अनुभव संगालेका ती कर्मचारी भन्छन्, ‘मैले थाहा पाएको छु, मन्त्रीहरु हाम्रो कार्यालयबाट दिन नमिल्ने सामानहरु आफ्नो मन्त्रालयबाट मगाउँदा रहेछन् । हामी कार्पेट दिन्छौँ तर त्यहाँमाथि राख्ने गलैँचा दिदैनौँ । तर त्यस्ता हामीबाट दिन नमिल्ने सामानहरु मन्त्रालयबाटै झिकाउँदा रहेछन् । त्यो गैरकानुनी हो ।’

 

‘सामान मगाउँदा मन्त्री चिनिन्छ’

 

‘मन्त्रीहरुलाई तपाईले के चिन्नु भएको छ, हामीले चिनेका छौँ,’ उनले भने, ‘कुन मन्त्रीलाई कसरी ठीक पार्नुपर्छ भन्ने पनि हामीलाई थाहा छ ।’

 

मैले सोधेँ- कसरी ठीक पार्ने ?

 

उनी भन्छन्, ‘मन्त्रीले चाहिने भन्दा बढी मगाउन थालेपछि कति ‘वेट’ भएको मन्त्री हो थाहा भइहाल्छ । अनावश्यक मगाउन थाले भने कुरा बुझिहाल्छौँ र मुखले हस् हजुर भन्ने हो, काम चाँहि फुर्सदमा ।’

 

कतिपय मन्त्रीहरु चाँहि इमान्दार पनि भेटिने गरेको उनले सुनाए । ‘सबैलाई भन्न त मिल्दैन, केही मन्त्रीहरु इमान्दार पनि हुन्छन्, जानेबेलामा मेरो क्वार्टर हेर्दिनुस्, मैले के गर्नुपर्छ भन्दिनुस् पनि भन्छन्,’ उनले भने, ‘तर, धेरै मन्त्रीले सरकारी खर्चमा किनिएका सामानसँगै उठाएर लैजान्छन् ।’

 

ती कर्मचारीले दिएको जानकारीका विषयमा जिज्ञासा राख्दा भवन सम्भार डिभिजनका पूर्वप्रमुख सरोजराज कणिर्कारले बेथिति हुने गरेको स्वीकार गर्दै मन्त्री क्वार्टर व्यवस्थापन गर्ने काम निकै जटिल रहेको बताए ।

 

मन्त्रीले किताब पढ्दैनन् ?

 

अनुभवी कर्मचारीका अनुसार एक जनाबाहेक बाँकी मन्त्रीले अहिलेसम्म मन्त्री निवासमा किताब राख्ने बुक र्‍याक मगाएका छैनन् ।

 

यहीँबाट थाहा हुन्छ कि मन्त्रीहरु त्यो पदमा बसेर के काम गर्छन् ? उनी थप्छन्, ‘मन्त्रीलाई सबै ऐन, नियमावली, निर्देशिकाहरु कण्ठस्थ हुँदैन होला, अन्य बाहिरी किताबहरु पनि पढ्नुपर्ने होला । तर, खै किताब केमा राख्छन् ? हामीसँग अहिलेसम्म र्‍याक मगाएका छैनन् ।’

 

अहिलेसम्म अन्तरिम चुनावी मन्त्रिमण्डलका एक मन्त्रीले मात्रै पहिलो पटक क्वार्टरमा किताब राख्ने र्‍याक मगाएका थिए ।

 

असभ्यताको पराकाष्टा

 

मन्त्री पद छाडेर निस्कँदामात्रै होइन, पदमा रहँदा पनि कतिपय मन्त्रीहरुबाट क्वार्टरभित्र उस्तै विकृति देख्न पाइन्छ । केही मन्त्रीले क्वार्टरमा ५० जनासम्म कार्यकर्ता सुताएर राखेको पनि कर्मचारीले देखेका छन् ।

 

सुरक्षाको हिसाबले क्वार्टरमा मन्त्रीको आफ्नो परिवारबाहेक अरुलाई राख्न मिल्दैन । तर, केही मन्त्रीहरुले आफू माथिल्लो तलामा बस्ने र जिल्लाबाट आउने कार्यकर्ताहरुलाई तल्लो तलामा सुताउने गरेको पाइएको छ ।

 

कर्मचारीले हामीलाई उल्टै प्रतिप्रश्न गरे, ‘मन्त्रीले क्वार्टरमा कतिबेलासम्म कार्यकर्ता भेट्ने ? मन्त्री क्वार्टरमा रातभरि मिटिङ राखेर हल्ला गर्न हुन्छ त ? मन्त्री भएपछि मन्त्री निवासको गरिमा पनि राख्न सक्नुपर्ने होइन र ? तर, क्वार्टरभित्र यस्तै हुन्छ ।’

 

कर्मचारी पनि उस्तै ठग छन्ः लालबाबु

 

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित इमान्दार नेता मानिन्छन् । हामीले मन्त्री निवासको अनुभूतिबारे चासो राख्दा कर्मचारीहरु उस्तै ठग रहेको र मन्त्रीलाई दोष लगाउने गरेको बताए ।

निवास छाडेर मन्त्रीहरु गएपछि भवन सम्भारका कर्मचारीले नै सामानहरु झिकेर घर लैजाने र मन्त्रीहरुले लिएर गए भन्ने गलत प्रचार गर्ने गरेको पण्डितले बताए ।

 

‘कर्मचारीको सर्भिस एकदम खराव छ । क्वार्टरमा सरसफाइको अवस्था निकै नाजुक छ,’ उनले भने, ‘यतिसम्म कि ०६९ सालमा मन्त्री क्वार्टरबाट राति रुख नै काटेर लगेछन्, तर कसले लग्यो, थाहा भएन । सुरक्षा निकायलाई सोध्दा वनको मान्छे भन्थे रे, मैले पछि सुनेको थिएँ ।’

 

स्रोतका अनुसार भवनको मर्मत गर्ने पक्ष एकदम कमजोर छ । तर भवन सम्भारका कर्मचारी रंग पोत्न भनेपछि निकै उत्साहित हुन्थे ।

 

पूर्वमन्त्री पण्डितले भने, ‘सर लिप्दिऊँ भन्दै आउँछन् । दसैं आउन भ्याएको छैन, आएर आफैँ लिपपोत गर्थे । मैले के गरेको, अहिले दसैं आएको छैन भन्दा होइन पोत्न पर्छ, दसैँ आउन लागिसक्यो भन्थे । त्यसपछिको कुरा के-के हो, तपाई आफैँ बुझ्नस् ।’

 

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: