काठमाडौं – चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना भएकी छिन् ।
उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । ‘मेरी बास्सै’ बाट चम्सुरी नामले चिनिएकी डंगोल केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् ।
उनको अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएको थाहाँ भएपछि सबै कलकारले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अस्पतालको बेडमा रहेकी चम्सुरीलाई भेट गर्न शनिवार कलाकार दीपाश्री निरौला पुगेकी थिइन् । भेटपछि कलाकार निरौलाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी छिन् ।।
यो पनि हेर्नुहोस् ।
सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ ।
पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
असार २९ गतेदेखि लागू भाडा दरअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।
अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन भएपनि स्थानयि स्तरमा चल्ने सार्वजनिक सवारीको हकमा भने विभागले सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय लिनुपर्ने बताएको छ ।
प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ ।