प्रधानमन्त्री देउवालाई सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ : सांसद रामकुमारी झाँक्री

  • 460
    Shares

काठमाडौं । नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने बताएकी छन् । आइतबार दिउँसो वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाले आज अपराह्न प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेकोमा विश्वासको मत दिने बताएकी छन् ।

 

उनले भनेकी छन्, ‘हामीले ७६ (५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौं । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ । अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’

 

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा मुद्दा हाल्दा हस्ताक्षर गरेका माधव नेपाल पक्षका आफूहरू २३ सांसदले अहिले उहाँलाई विश्वासको मत दिनु कर्तव्य नै भएको नेत्री झाँक्रीले स्पष्ट पारेकी छिन् ।

 

सांसद् झाँक्रीले त सकिन्छ भने आफ्नो पार्टी नेकपा एमालेलाई संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हाल्न आह्वान गरेकी छन् ।

 

उनले वक्तव्यमा भनेकी छन्, ‘त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्ने छौं ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: