अन्तत देऊवाले दुइतिहाइ बहुमतका साथ लिए विश्वासको मत पाचौ पटक प्रधानमन्त्रीमा नियुक्त ।

  • 5K
    Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नपर्ने देखिएको छ ।

 

प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नदेखिएको हो ।

 

ठाकुर समूहबाट १२ जनाले विश्वासको मत दिँदा प्रधानमन्त्री देउवालाई बुहमत पुग्छ । हाल कांग्रेससँग ६१, माओवादी केन्द्रसँग सभामुखसहित ४९, राष्ट्रिय जनमोर्चाको १, स्वतन्त्र सांसद १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३२ मत सुनिश्चित रहेको छ ।

 

यसमा जसपाको महन्थ पक्षका १२ सांसद पनि मिसिदा १४२ मत पुग्छ । विश्वासको मत पाउनलाई १३६ आवश्यक रहन्छ ।

 

यसअघि संसद् विघटन हुँदा नेपाल पक्षबाट २३ जनाले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका थिए । तर, आइतबारको विश्वास मत दिने विषयमा क–कस्ले दिने भन्ने विषयमा नेपाल समूहबाट यकिन विवरण आएको छैन ।

 

नेपाल समूहका नेता एवं सांसद भीम रावलले भने सांसद पदबाट राजीनामा दिइसकेका छन् ।।

 

 

​प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

 

जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: