मन्दिरमा दलितलाई छुवाछूत गर्ने पुजारीलाई कारबाही गर्ने पण्डित दिनबन्धुको चेतावनी।

  • 260
    Shares

दलित समुदाय अहिले पनि मन्दिरमा पूजा गर्न र खुला प्रवेश गर्न नपाएका धेरै घटनाहरू बाहिर आइरहेका हुन्छन् ।

 

हिन्दु धर्ममा जातीय विभेद र छुवाछूत छैन कतै वेदमा लेखिएको छैन भने पनि हिन्दु धर्मकै पण्डित र पुजारीबाट भने दलित समुदायलाई धार्मिक स्थलमा छुवाछूत र विभेद भने गरेको तितो यथार्थ नकार्न सकिन्न।

 

धार्मिक स्थलमा भएको छुवाछूतले यति बेला एउटा बहसको रूपमा हिन्दु धर्म अब दलितले त्यागे विभेदबाट मुक्त हुन सकिन्छ र छुवाछूतको जड हिन्दु धर्म हो भनी बहस गरिरहेका छन् ।यही बेला पण्डित दिनबन्धु पोख्रेलले भने ललितपुर गोदावरी नगरपालिकामा मन्दिरको मुख्य पुजारी नै दलित समुदायका लक्ष्मण रम्तेललाई बनाएका छन् ।

 

धर्म भित्र छुवाछूत र विभेद गर्नु पर्छ भनी कतै नलेखिएको तर केही पण्डित र गुरुका नाममा शासक र सामन्तीहरूले धर्मलाई नै बदनामी गराउन लागि दलित समुदायलाई धार्मिक स्थलमा रोक लगाइ विभेद गरेको मा आपत्ति जनाएका छन् । उनले यस्ता पण्डित र पुजारीलाई अब नसुध्रिय कारबाही गर्ने समेत बताएका छन् ।

 

आफ्नो बुवा २०३८ साल देखि जातीय छुवाछूत र विभेद विरुद्ध धार्मिक जनचेतना फैलाउँदै आएको र सबै समान हो भनी अभियान चलाउँदा बाबाको हत्या भएको स्मरण गर्दै आफू पनि सबै मानव हो र कोही उच निच भन्ने हुदैन , भनी यो अभियान सुरु गरेको बताए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: