अर्थमन्त्री शर्मालाई डाक्टर नर्स पछी इन्जिनियरले दिए भत्ता उपलब्द गरायकोमा धन्यवाद दिदै भने ,यस्ता मान्छे हो मन्त्रि हुनुपर्ने
काठमाडौं –
“धन्यवाद अर्थमन्त्री जनार्दन शर्मा, आज मैले नि सन्चार र यातायात भत्ता पाए । बोलेको कुरो पुरा गर्नु भएकोमा धन्यवाद ”।
यो भनाइ धादिङ स्थित पुनर्निर्माणमा खटिएका प्राबिधिक बिबि सुतार कार्कि ले भन्नू भएको हो । अर्थमन्त्री शर्माले पदवहाली गरेलगत्तै प्राबिधिकहरुले बिगत देखि उठाउदै आयको रोकिएको सन्चार र यातायात भत्ता उपलव्ध गराउने निर्णय गर्नुभएको थियो ।
अघिल्लो सरकारले माग पूरा नगरेपछी प्राबिधिक बाध्य भयर महामारिको बिचमा आन्दोलन गर्न बाध्य भयका थिए।आर्थिक बर्षको शुरुवात देखिनै भत्ता दिने भनेकोमा आलटाल गर्दै आयको थियो।
तर अर्थमन्त्री जनार्दन शर्माले पद बहाली गरेकै दिन रास्ट्रिय पुनर्निर्माण प्राधिकरणको फाइललाई स्वीकृति दिने बित्तिकै भत्ता पायको कार्किले अर्थमन्त्री लाई धन्यवाद दियको बताउनुभयो।
आम नेपाली टिभिसँग कुराकानी गर्दै कार्कीले प्राधिकहरुले उठाएको दुर्गम,प्रोत्साहन भत्ता भने अर्थमन्त्रालयमा विशेष कारणले उक्त फाइल नपुगेकोमा प्राधिकहरुको आपत्ति रहेको पनि बताउनु भयो ।
उहाँले आफुले मात्रै नभई भत्ता रोकिएका अरु साथीहरुले पनि पाएको जानकारी दिनुभयो । आफुहरुले सन्चार र यातायात १/२ हजारको दरले १२ महिनाको भत्ता पाएको बताउनुभयो ।साथै पुनर्निर्माणको बाँकी काम सप्पन्न गर्न निरन्तरता दिने पनि स्पष्ट पार्नु भयको छ।
अर्थमन्त्री शर्माले स्वास्थ्यमन्त्रालय र रास्ट्रिय पुनर्निर्माण प्राधिकरणको तीन महत्वपूर्ण फाइलको सदर गर्दै आफ्नो कार्यभारको सुरुवात गर्नुभएको थियो।