ओली अहङ्कारको घोडामा सवार भएकोले पार्टी विभाजनको मोडमा पुग्यौ।

  • 95
    Shares

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताए । नेता नेताले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको उल्लेख गरे ।

 

 

 

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । नेता नेपालले भने–‘पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरमा ओलीको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ । उहाँहरूको प्रत्येक अभिव्यक्ति वाणी सुन्नुभएको छ भने उहाँमा आत्मालोचनाको बानी छैन । अरू माथि लान्छना लगाउने, सबै दोष अरूको हो भनेर औँला ठड्याउने सबैलाई होच्याउने आफूलाई सर्वाधिकार ठान्ने बानी रहेको छ । उहाँको अहङ्कारबाट यो पवित्र पार्टी गुज्रिरहेको छ ।’

 

उनले पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको बताए । उनले भने, ‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्‍याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ । राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो । उहाँले एक समय देश भक्तिको झण्डा उठाउनुभएको थियो, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ।’

 

 

 

 

नेता नेपालले जसले पार्टीभित्र जित्न सकेको छैन, संसदमा जित्न सकेको छैन उसले नैतिकताका आधारमा ठाउँ खाली गरिदिनुपर्ने बताए । ओलीले आफ्नो कुर्सी ताके कुर्सी नै भाँचिदिन्छु, आफू बसेको घर नै जलाइदिन्छु भनेको स्मरण गरे ।

 

ओलीले दुई दुई पटक संसद् विघटन गरेको स्मरण गर्दै संसदमा विश्वासको मत नपाएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले पार्टीले ६४ सालमा पराजय भोगेपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । यस्तै झलनाथ खनाल, र माओवादीका अध्यक्ष प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिएको स्मरण गरे । आफ्नो तत्कालको सङ्कटबाट पार पाउनका लागि अरूलाई अलमलाउने र जालझेल गर्ने ओलीको प्रवृत्ति रहेको नेपालले बताए ।

 

थप समाचार

ओलीले सहमतिको ढोका बन्द गरे, अब नयाँ ढंगले अघि बढ्छौँ : माधव नेपाल

​उनले अहिले पार्टीमा दुई नेता बिचको लडाई नभएर दुई बिचार समूहको लडाई भएको बताए । केपी ओलीमा व्यक्तिवादको विकास भएको, कम्युनिस्ट आचरण नभएको आरोप लगाए । पार्टी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेको नेता नेपालले बताए ।

 

केपी ओलीले सधैँ भरी एकताको जाल फ्याँकेर षड्यन्त्र र उपयोग गर्ने नीति लिएको र कहिल्यै नसुध्रिने अवस्थामा पुगेको उल्लेख गरे ।

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: