आउने महाधिवेशनमा महामन्त्री पदमा मेरो जित पक्का छ: गगन थापा

  • 677
    Shares

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसको आउने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको तयारी सुरु भएको बेलामा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

 

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

 

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

 

त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।

 

उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा। शशांक कोइराला निर्वाचित भएका थिए ।

 

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने हुन् त्यसवारे भने खुलाएका छैनन् । यो पटकको महाधिवेशनमा अध्यक्ष शेरवहादुर देउवाका लागि निकै कठिन समय छ ।

 

अन्य नेताहरुले अध्यक्षको उम्मेदवार घोषणा गर्दै सम्पर्क कार्यालय समेत स्थापना गरीसकेका छन् । कांग्रेसमा देउवाको विकल्प खोज्न थालिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: