खड्क ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेका थिए आज विरोध गर्दैछनः रामकुमारी झाँक्री

  • 376
    Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले एमसिसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपीशर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्।

 

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेता झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन्।

 

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन्।

 

उनले भनिन्, ‘खडग ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागिपरेका मान्छे आज एमसिसीको विरोध गर्दैछन्। त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद। कमरेड भीम रावल आज एमसिसीको विरूद्धमा जसरी बोल्दैछन्। मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो। भीम रावलको पोजिसन के थियो रु कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो रु महाकाली सन्धिका बेला।’

 

नेता झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गर्नि।

 

उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि पटकरपटक दोहोर्याइन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: