एमसीसी कार्यान्वयन गरौं, समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं : डा. भट्टराई

  • 878
    Shares

काठमाडौं, २१ भदौ : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले एमसीसी पास गराउन आह्वान गर्दै ट्वीट गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा व्यापक विवाद भएका बेला उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

यसलाई संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरुबीच फरक मत रहदै आएको छ । एमसीसी सम्झौता नेपाली कांग्रेसकै नेतृत्वमा भएको र माओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. भट्टराईसहितका सरकारहरु पनि यसमा संलग्न रहँदै आएको अवस्था भए पनि नेपालमा एमसीसीलाई विवादित बनाउने प्रयास हुँदै आएको छ ।

 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने कामका लागि संसदको बैठक भदौ २३ गतेदेखि आह्वान गरेपछि यसबारे नेपालको राजनीति तातेको छ । एमसीसी मुख्यालय वासिंगटन डिसीबाट यसबारे कुराकानी गर्न एमसीसीकी प्रमुख फतिमा सुमारसहितको प्रतिनिधिमण्डल सोमबार नेपाल पुग्दै छ ।

 

सोही सन्दर्भमा डा. भट्टराईले देश विकासका सूत्रहरुझैं लाग्ने गरी केही बुँदाहरु बुँदागतरुपमा उल्लेख गर्दै एमसीसी कार्यान्वयन गर्न आह्वान गरेका हुन् । उनले अमेरिकासँग चिठी आदानप्रदान गर्दै एमसीसी कार्यान्वयन गर्न सुझावसमेत दिएका छन् । तर, अमेरिकासँग आदान प्रदान गर्ने पत्रमा के कुरा उल्लेख हुनुपर्छ भन्नेबारे भने उनले केही लेखेका छैनन् । उनले ३ नं बुँदामा लेखेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ।’

 

त्यसैगरी भारतसँगका सबै विवादहरु समाधानको सूत्र पनि भट्टराई ट्वीटमार्फत दिएका छन् । उनको सूत्रअनुसार, उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बन्न सकिन्छ । साथै चीनसँगका बीआरआई र पारवाहनलगायतका सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: