शिक्षकको गालि बेइजत सहन नसकेर १२ बर्ष देखि हराईरहेकि छोरिको खोजि गरिदिन बुबाको अनुरोध । सेयर गरि सहयोग गर्नुहोला ।

  • 64
    Shares

अाज भन्दा ठिक १२ बर्ष पहिले मिति २०६६|०१|२२ गते एउटा गद्दार , बिबेक शुन्य , दानव रुपि शिक्षकले गरेको गाली बेईजती सहन नसकी एकसरो लुगा र मात्र १८० रुपैया बोकेर घर बाट बेपत्ता भएकी मेरी छोरी कस्तुरी भण्डारीको अबस्था अहिले पनि अज्ञात नै छ अाजका मितिमा १२ (बाह्र) बर्ष पुरा भयो यस बिचमा मैले मेरो बिबेक र क्षमताले भ्याए सम्म खोजि कार्यमा कुनै कमी कम्जोरी गरेको जस्तो लाग्दैन । त्यस बेला मैले पत्र-पत्रिका ,रेडियो , एफ एम , टि भि , वाल पोस्टर साथै स्वयं अाफु बिभिन्न ठाउमा गएर खोज तलास गर्ने काम गरे । ।।

अहिले अाएर बिभिन्न मेडियाको माध्यम बाट पनि खोजि कार्य जारी छ । यति सबै हुदा हुदै पनि छोरीको अबसथा गुमनाम छ अाखिर मानिस कहा हराउन वा लुक्न सक्छ ?

यदि मरेको भए कहि कतै लाश त भेटिने थियो होला अहिले सम्म मैले न लाश देख्न पाए न छोरी को सास भटेको छु । नेपाल भारत र दुबई सम्म पुगेर खोजे धामी झाँक्री हेराँए अाफु लाई निकै जान्ने त्रिकाल दर्शी हु भन्ने ज्योतिष हरुको पनि धुक्धुकी छाम्न भ्याए तर यि सब ढोङी मात्र रहेछन मात्र कमाइ खाने ठगी धन्दा भन्दा केहि रहेन छ। अाफु लाई माता हु बाबा हु म मा दैविक शक्ति छ जस्तो काम पनि दैविक शक्ति द्वारा सफल पार्छु भन्ने को शक्ति पनि हेरे त्यहा पनि रित्तो अास्वासन र पैसा तान्ने धन्दा मात्र पाए ।

 

अाखिर मानिस कहा हराउछ ? हजुर हरु कोहि मनकारी मानिसले कहि कतै देखेको , बुझेको , सुनेको वा संखा लागेको भए मेरो फोन नं. 9842685303 मा सम्पर्ग गरी मानविय धर्म कमाउन र एउटा उझाडिएको परिवारमा पुन बशन्त फर्काई दिन म मोहन प्र भण्डारी हार्दिक बिनम्र अनुरोध गर्दछु ।

 

 

 

नानिको हुलीया नाम:- कस्तुरी भण्डारी

हराएको बेलाको उमेर १७ बर्ष हाल २९ बर्ष

गहु गोरो बर्ण उचाई ४`१०“

अगाडीका दाँत केही ठुला , त्यो बेला हाँसेर बोल्ने स्वभाव थियो ।

 

२०७८|०१|२२ दमक झापा

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: