नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आक्रोश पोखेका छन्।
gbl
गृहपृष्ठ
राजनीति
नेपाली ब्रान्ड
समाज
विचार
किनमेल
कला
खेलकुद
घुमफिर
ब्लग
साहित्यपाटी
ग्लोबल
tvs
हाम्रो लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आक्रोश पोखेका छन्।
संविधान दिवसको दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘अघिल्लो सरकार। जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो। सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभुषित भए’, उनले भने।
उनले कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारिकताको पक्षमा पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मान गर्नुपर्ने बताए।
‘जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने, झगडीयाहरू सम्मानित!,’ ओलीको भनाइ थियो, ‘दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिनँ।’