केपी ओली एमालेबाट अन्तिम प्रधानमन्त्री बने’अब कल्पना पनि नगरे हुन्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

  • 4.7K
    Shares

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अब कहिले पनि सत्तामा पुग्न नसक्ने दाबी गरेका छन् । ओलीको बिकास र राष्ट्रबादको भूलभुलैयामा परेर जनताले एमालेलाई ठूलो दल बनाए पनि उनको सक्कली अनुहारको पर्दाफास भइसकेकाले जनता नेपाली काँग्रेसको पक्षमा आइसकेको प्रधानमन्त्री देउवाको भनाई छ ।

 

‘ओलीको ४० महिने कार्यकाल नेपाली राजनीतिको बिर्सनै नसक्ने कालरात्रीको रुपमा दर्ज भएको छ ।’ प्रधानमन्त्री देउवा भन्छन् ‘भ्रष्टाचार, बेथिति, कुशासन, देश र जनताप्रतिको गद्धारी र गैरजिम्मेवारीको पराकाष्ठाले अब जनता काँगे्रसको झण्डामुनी आइसकेका छन् ।’

 

एमाले अहिलेको संसदसम्म मात्र ठूलो दल देखिने प्रधानमन्त्री देउवाको भनाई छ । निर्बाचन भएर अर्को संसद सुरु हुनेबित्तिकै एमालेको हालत चौथो शक्तिमा सीमित हुने उनको दाबी छ । ‘एमालेको मत हिजो पनि काँग्रेसभन्दा ४० हजार मात्र बढी हो ।

 

तेस्रो ठूलो शक्तिसँग चुनाबी एकता गरेको हुदा मात्र ४० हजार बढी मत हुने एमालेले ८० सिट जित्यो र ४० हजार मात्र कम हुने हामीले २३ सिटमा चित्त बुझायौं ।’ देउवाले भने ‘अब त्यो परिणाम उल्टने मात्र होइन, एमाले त समानुपातिक सिटको बलमा चौथो शक्तिमा सीमित हुन्छ, यो अबस्था हेर्न अब धेरै समय कुनुपर्ने छैन ।’ अब नेकपा एमाले कहिले पनि सत्तामा पुग्न नसक्ने पनि देउवाको दाबी छ ।

 

‘एमाले र ओलीलाई एक पटक जनताले हेरौं न त भन्ने सोच बनाएका पनि थिए । ४० महिनामै जनता वाक्क दिक्क भए । अब भोट दिन जनताको हात एमालेमा जाँदैन । त्यसैले ओली नै एमालेबाट अन्तिम प्रधानमन्त्री बने ।’ देउवाले भने ।

 

नेकपा एमाले र त्यसका अध्यक्ष ओलीले अहिले संसदमा देखाएको नौटंकी सत्ताच्युत हुनु पर्दाको कुण्ठा र आक्रोस मात्र भएको प्रधानमन्त्री देउवाको भनाई छ । ‘ईतिहास हेरौं न, एमाले र ओलीले आजसम्म संसदीय मूल्य, मान्यता र मर्यादा राखेको देखिदैन । पहिले पनि ५७ दिन हाउस चल्न दिएन । यो त्यसको निरन्तरता मात्र हो ।’

 

देउवा भन्छन् ‘अहिले त झन ओलीले अकल्पनीयढंगबाट सत्ताबाट पछारिनु परेको छ । त्यो कुण्ठा, आबेग र आक्रोस देखिने नै भयो ।’ एमाले र ओलीको त्यस्तो लोकतन्त्रबिरोधी र गैरसंसदीय राजनीतिलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको पनि उनको भनाई छ । ‘जनताले यसलाई राम्रोसँग मूल्याङ्कन गरिरहेका छन् र मौका आएपछि एमाले र ओलीलाई यसको राम्रो सबक सिकाउने छन् ।’ देउवा भन्छन् ‘त्यो भनेको निर्बाचन हो । त्यो पनि धेरै टाढा छैन ।’

 

जनताले पाँच बर्षका लागि झण्डै दुई तिहाई बहुमत दिए पनि ओलीको असक्षमता र अकर्मण्यताले उक्त जनमतको गम्भीर अपमान र उपहास गरेको प्रधानमन्त्री देउवाको भनाई छ । निर्बाचनमार्फत अभिब्यक्त जनताको त्यो भाबनालाई कदर गर्दै आफू र नेपाली काँगे्रसले रचनात्मक र सहयोग प्रतिपक्षको भूमिका निर्बाह गरेको पनि प्रधानमन्त्री देउवाको दाबी छ ।

 

‘ओली सरकारका कैयौं काण्डहरु भए । जनताको म्याण्डेट पाएको सरकार हुनाले हामीले आफ्नो र संसदीय मर्यादाभित्र रहेर त्यसलाई सच्याउन दबाब दियौं ।’ देउवाले भने ‘ओली र एमालेले अहिले गरेजस्तो संसद र सडकमा कहिल्यै ताण्डब मच्चाएनौं ।’

 

तर ओलीले मुलुकलाई उत्तर कोरिया र आफूलाई उत्तर कोरियाका शासकको रुपमा रुपान्तरणको प्रयास गरेपछि सोही पार्टीभित्र बिद्रोह हुदा सत्ताबाट पछारिनु परेको देउवाको भनाई छ । ‘हामीले त एमाले र ओलीले जनताको म्याण्डेटअनुसार पाँच बर्ष नै शासन चलाउन भनेर सकेको सहयोग गरेका हौं ।

 

दुई तिहाईको बहुमत हुदा पनि सरकार अस्थिर भएमा त्यसले लोकतन्त्र, संबिधान र आर्थिक समृद्धिमा ठूलो असर गर्छ भन्ने हाम्रो बिचार थियो । त्यही अनुसार कैयौ जनघाती र राष्ट्रघाती कदमलाई पनि एउटा मर्यादा र सीमाभित्र रहेर हामीले सुधार गर्ने प्रयत्न ग¥यौं ।’ उनी भन्छन् ‘हामी यति जिम्मेवार प्रतिपक्ष हुदासमेत ओलीले सरकार चलाउन सकेनन् ।

 

दुई तिहाईको आफ्नो सरकार आफै ढाले ।’ सरकार चलाउन नसकेर देशलाई अनिश्चयको भूमरीमा हालेपछि मात्र आफूले जिम्मेवार पार्टीको जिम्मेवार नेताको भूमिका निर्बाह गर्न बाध्य भएको देउवाको भनाई छ । ‘मलाई यही पटक प्रधानमन्त्री हुने चाहना थिएन । तर ओलीले संबिधान, लोकतन्त्र र संसदीय सर्बोच्चता नै समाप्त पार्न अघि सरेपछि त्यसको प्रतिबाद गर्न गठबन्धनको नेत्तृत्व गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ उनले भने ‘मुलुक बचाउन गठबन्धन अघि बढ्नु पर्ने भएकाले मात्र सरकारको आफूले नेत्तृत्व गरेको हुँ ।’

 

एमाले र ओलीहरु देशी बिदेशी लोकतन्त्र र संबिधानबिरोधी शक्तिहरुसँग हातेमालो गर्दै मौका हेरिरहेकाले गठबन्धनलाई अझै एउटा निर्बाचनसम्म कायम राख्नुपर्ने अबस्था आएको देउवाको भनाई छ । गठबन्धनका पक्षमा आम जनता रहेकाले आगामी निर्बाचनमा एमाले र ओलीको पत्तासाफ हुने पनि देउवाको दाबी छ ।

भर्खरै

सम्बन्धित समाचार

error: