काठमाडौं -: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने भएको टिप्पणी गर्नुभएको छ’ ।
सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो’ ।ओली त्यस्ता मान्छे हुन् मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्’।
मान्छे दंग पर्छन् बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चे बाजा बजाएर, जितेजसरी गए। कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी’।
अध्यक्ष प्रचण्डले ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो । ‘उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो ।
ओलीले आफूले मनपरी गरेर आरुलाई दोष दिने गरेको पनि उहाँले बताउनुभयो ।’ उहाँले भन्नुभयो, पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?
उहाँले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।’ उहाँले माओवादीमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाको भन्दै चिन्ता व्यक्त गनुभयो’ ।