काठमाडौं । पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुःक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको पाइएको छ ।
ज्योतिनगरका स्थानिय गणेश पंगेनीले नेकपा एमाले रुपन्देही अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदी माथी आज विहान मुःक्का हानेका थिए ।
लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत उनी अनेरास्ववियू जिल्ला कमिटि सदस्य समेत हुन । विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पीडित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीलाई बताएका छन् ।
प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ। अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।