केन्द्र देखि प्रदेश सम्म एमाले जनप्रतिनिधिलाई लखेट्नु हातपात गर्नु दुखको कुरा :केपि ओली

  • 1.6K
    Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरुलाई पेलेको प्रतिक्रिया दिएका छन् ।

 

पूर्व(प्रधानमन्त्री समेत रहेका ओलीले सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गरेका हुन् ।

 

सोमबार प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीका बीच बजेट विनियोजन विधेयक बहुमतले पारित गरिएको छ ।

 

त्यसपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ?भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् ।

 

धेरै बोल्न नचाहेका अध्यक्ष ओलीले अन्य प्रतिकृया भने दिएनन् । यतिकैमा अध्यक्ष ओली संसद भवनबाट बाहिरिएर निस्केका थिए ।

भर्खरै

सम्बन्धित समाचार

error: