बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

  • 86
    Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

पक्रा परेका पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।

 

हाल पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ । पंगेनी एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्षसमेतहुन् ।

 

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: