वलीलाई चेतावनी, परिवर्तनका निम्ति आफ्नो ज्या*न कात्रोमा बाँधेर हिड्नुभएकी सिता दाहाललाई कम आकलन नगरियोस् :गंगा दाहाल

  • 1.3K
    Shares

सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको विभिन्न मानपदवी र पदकका विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गरेको कटाक्षप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले आक्रोश ब्यक्त गरेकी छन् ।

 

आइतबार ओलीले एक कार्यक्रममा सत्ताको आडमा सरकारले आमा बाबु श्रीमतीलाई पदक दिएको भन्दै ब्यङ्ग्य गरेका थिए । ओलीले सरकारले बाँडेको अलंकार र पदकले नेपालीको नाकमा कालो पोतेको टिप्पणी समेत गरेका थिए ।

 

ओलीको उक्त भनाईप्रति गंगाले आक्रोश पोखेकी हुन् । सरकारले प्रचण्डकी श्रीमती सिता दाहाललाई राजनीतिक अभियान्तका रुपमा सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको थियो ।

 

गंगाले भनेकी छन्, ‘हाम्रो परिवारमा आमा सीता दाहाल लामो समय देखि एकप्रकारको रोगसँग लडिरहनुभएको छ । प्रायजसो आमाको स्वास्थ्य अवस्था कमजोर भईरहने हुँदा अस्पताल लगिरहनु पर्छ । विगत २ दिनदेखि स्वास्थ्यमा आएको समस्याका कारण आमाको स्वास्थ्य चेकजाँचका लागि हामी अस्पतालमै थियौं, एक्कासी अनलाईन मिडियामा आमाले पदक पाएको समाचारमा आँखा गयो ।

 

एकैछिन पछि एमाले अध्यक्ष केपि ओलीको ‘श्रीमतीलाई पदक बाँडियो’ भन्ने खालको तल्लो स्तरको कटाक्ष, जुन उहाँको शैली नै हो, सामाजिक संजालमा देख्न पाईयो । शारिरीक रुपमा अशक्त अनि कमजोर आमाप्रति केपी ओलीले गरेको एक किसिमको दुब्र्यावहार देख्दा सायद छोरी भएर होला साह्रै पिडा महशुस भयो ।

 

कमरेड ओलीलाई एउटा प्रश्न हाम्री आमा हिंजोका दर्दनाक दिनहरुमा कैंयौ दिनरात हिमाल, पहाडअनि तराईका खोल्सामा भोको पेटमाथि पटुका कसेर समाज परिवर्तनका निम्ति हिड्दै र लड्दै गर्दा तपाई त काठमाडांैमा बयलगाडाका कथा उट्पट्याङ शैलीमा सुनाएर दुनिया हसाँउदै हुनुहुन्थ्यो नि होईन र कमरेड ?’

 

खोई किन हो केपी ओलीहरुले बोल्न नसक्ने हाम्री आमाको भद्दा मज्जाक उडाउदै गर्दा आमाको संघर्ष र निधारको पसिना आज फेरि एकपटक सम्झिएकी छु ।

 

कमरेड प्रचण्डलाई आज विश्वले चिन्दछ, प्रचण्डलाईप्रचण्ड बनाउन सीता दाहालको त्यति नै भुमिका छ । तर ओलीहरुले यी कुरा बुझ्दैनन् । किनकि महिला केवल श्रीमती र दास मात्र हुन् तिनको आफ्नो कुनै पहिचान हुँदैन ।’

 

केपि ओलीले आज जे बोले त्यो ऊनको संस्कार हो, थाह छैन उनले समाजलाई के सिकाउन खोजेका छन् । ऊनी आज दिनरात मुखमा आएजति सामान्य मानिसले सुन्न नसकिने गरि बोल्छन किन कि उनी बिक्षिप्त छन् । केपी कमरेड क्रियाको प्रतिक्रिया मात्र दिएकी हुँ र एउटा सुझाव आत्मसन्तुष्टिको लागि अरुको भावनामाथि कहिल्यै नखेल्नुहोला ।

 

अन्तमा : परिवर्तनका निम्ति आफ्नो ज्यान कात्रोमा बाँधेर हिड्नुभएकी हाम्री आमालाई कुनै एक पदक सँग नतौलिईयोस् ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: