ओलिले फेरि गद्दारी गरे भन्दै बाहिरिए भिम रावल एमाले पार्टि बाट बाहिरिने संभावना ।

  • 821
    Shares

काठमाडौं । आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल गएनन् । बैठक थियो– आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल कार्यक्रम ।

 

शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । तर, उक्त १० वटै समूहमा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका कसैले जिम्मेवारी पाएका थिएनन् ।

 

आइतबार १० समूहका टोल िनेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो । तर, बैठकमा उपाध्यक्ष रावल भने गएनन् ।

 

कारण थियो, पार्टी एकता गर्न बनेको १० बुँदे सहमति हुबहु लागू गर्नुपर्ने । यस विषयमा शुक्रबार अध्यक्ष ओलीसँग वार्ता गरेका रावलले धोकामात्र पाए । अध्यक्ष ओलीले सके आइतबारसम्म यो विषयमा छलफल गरेर अघि बढने बताएका थिए । साथै, अहिले यो विषय प्राथमिकता नरहेको र विधान महाधिवेशनमा केन्द्रित हुने पनि बताएका थिए ।

 

आलीको भनाइअनुसार आइतबारसम्म स्थायी कमिटी बैठक डाकेर ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्छन् भन्ने आशमा बसेका रावलले धोका पाए । त्यसपछि उनी बैठकमा अनुपस्थित भएको स्रोत बताउँछ ।

 

प्रधानमन्त्रीमा रहँदा ओलीले संसद विघटन गरेपछि एमाले दुई भागमा विभाजित भएको थियो । ओली समूह र माधवकुमार नेपाल समूह । उपाध्यक्ष भीम रावलसँगै १० सांसद नेपाल समूहमा लागेका थिए । तर, पछि नेपाल समूहले नयाँ पार्टी खोल्दा रावलसहित १० जना एमालेमै मिसिएका थिए, १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा ।

 

त्यतिबेला अध्यक्ष ओलीले अक्षरस १० बुँदे सहमति कार्यान्वयन हुने बताएका थिए । पार्टीमा आएपछि सहमतिका कुरा गर्ने तर, कार्यान्वन नगरिएपछि ओलीसँग रावल चित्त दुखाउँदै आएका थिए ।

 

र, यहीँ बीचमा आगामी असोज १५–१७ का लागि विधान महाधिवेशनको मिति तय गरियो । त्यसपछि अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनभन्दा पनि विधान महाधिवेशनलाई ध्यान दिएका थिए । तर, एमालेमा मिसिएका नेपाल समूहका तेस्रो धारका नेताहरुले भने १० बुँदे सहमति अक्षरस पालना नभई बैठकमा सामेल नहुने बताउँदै आएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: