मुख्खै छाडेर गाली गरेपछि सूर्य थापाले भेटे संसद भवन अगाडिको सडक मै रामधुलाई !

  • 456
    Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा झण्डै कुटिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार सूर्य थापाको दिनदहाडै सातो टिपिएको हो ।

 

असोज दोस्रो साता नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पानीट्यांकी) को पारिपट्टी, मन्दिरसँगै पिपलबोटछेउको चियापसलमा एमालेसम्बद्ध केही पत्रकार चिया पिइरहेका थिए ।

 

त्यहाँ ‘तामाकोशी सन्देश’ पत्रिका निकाल्ने रामचन्द्र बस्नेतसहितका चार–पाँचजना पत्रकार थिए ।

 

सूर्य थापा लखर–लखर हिँड्दै पुगे । रामचन्द्रले सोधे, ‘ओहो, काजी पनि सडकमा ?’

 

सूर्यले भने, ‘म सडककै मान्छे त हुँ नि ।’ कुरैकुरामा रामचन्द्रले भने, ‘केपी ओली त त्यति बेठिक थिएनन्, सब तिमीहरूले बदनाम पारिदियौ । सूर्य थापा र विष्णु रिमालले हो नि केपीलाई सिध्याएको ।’ कुरा सुनेपछि सूर्यले रामचन्द्रलाई पत्रकार महासंघको चुनावी प्रसंग निकाल्दै तथानाम भन्न थाले ।

 

महासंघको चुनावमा रामचन्द्र प्रेस चौतारीको तर्फबाट काठमाडौं जिल्लामा सचिवका उम्मेदवार थिए । तर, सूर्यहरूले उनको टिकट खोसेर विप्लवनिकट पत्रकारलाई आधिकारिक बनाए । रामचन्द्रको बागी उम्मेदवारी जारी थियो । उनले हारे ।

 

सूर्यले भने, ‘कहाँ–कहाँ गएर चुनाव उठेर हार्छन्, अनि रिस हामीलाई पोख्ने रु जसले उठायो, जसले हरायो, त्यसलाई गएर भन न । हामीसँग के किचकिच गरिराख्छौ ।’ त्यसपछि बसिरहेको ठाउँबाट रामचन्द्र जुरुक्क उठे । शुरुमा मुठ्ठी कसेर ताक्न खोज्दै थिए ।

 

पछि ‘‘बान‘’ भन्दै उफ्रिए । सँगै चिया पिइरहेका पत्रकारले रामचन्द्रलाई ताने । नत्र, उनले मुड्की बंगारातिर सोझ्याइसकेका थिए । अर्को हातले चिउँडोमा एक पञ्च हान्न खोज्दै थिए, सूर्यलाई स्कुटीमा आएका एकजना सहयोगीले आफूतिर तानेर लगे ।

 

रुखो बोल्ने सूर्यले मुख छाडेरै गाली गरेपछि असह्य भएर उनी मुड्की बर्जान कसिएका थिए ।

भर्खरै

सम्बन्धित समाचार

error: