नेपालमा अब हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्छौः निखिल उप्रेती [ भिडियो ]

  • 22.1K
    Shares

काठमाडौं । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गरे ।

 

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो । ‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश वि’रामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’

 

उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वै’मनश्यता ।’

 

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ’यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो ’विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को वि’रामीमा लिन मिल्दैन ।

 

घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन ।हामी पनि उनीहरुकै पछि लाग्यौ ।

 

किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने ?’ उनले प्रश्न गरे ।अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो ।

 

‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेश पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने ।

 

यो पनि

 

पहिले भित्तामा पुर्याए अब म बिरुद्ध चलखेल गरे ओलीलाई नेपालको राजनीतिबाटै बाहिर फाल्दिन्छु: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन् । उनले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

 

शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आएका प्रचण्डले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’

 

प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २र४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

 

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताएका थिए ।

प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु ।’

 

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए । उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण गर्ने बताए ।

 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरेका थिए । छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

error: