नेपालको एक मात्र सच्चा कम्युनिष्ट र सर्वहाराहरूको पार्टि नेकपा एमाले हो : रामबहादुर थापा बादल

  • 16.2K
    Shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले नेकपा एमाले नेकपाकै निरन्तरता भएको बताएका छन् ।

 

नेकपा एमाले रत्ननगर नगर कमिटी र युवासंघ नेपाल रत्ननगर नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको विधान महाधिवेशनले एमालेलाई नेकपाकै निरन्तरताका रुपमा अगाडि बढाउने निर्णय गरेको बताए ।

 

एमालेमा माओवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्ताहरु रहेकोले अहिलेको एमालेमा नेकपाको स्वरुप रहेको उनले बताए । कानुनी हिसाबले एमाले भए पनि राजनीतिकरुपमा अहिलेको एमाले नेकपाकै निरन्तरता भएको उनको भनाइ छ । ‘अहिलेको एमाले पहिलाको जस्तो एमाले होइन’, उनले भने, ‘अहिलेको एमाले क्रान्तिकारी एमाले हो ।’

 

पूर्वगृहमन्त्रीसमेत रहेका नेता बादलले पार्टीको विधान महाधिवेशनले तीन मुख्य विषयमा पार्टीलाई केन्द्रित गरेको बताए ।

 

पार्टीको पुनर्निर्माण, निर्वाचनको तयारी र विकास अभियान अगाडि बढाउने विषयलाई तत्कालको कार्यदिशाका रुपमा पार्टीले लिएको उनले बताए । पार्टीको पुनर्निर्माणअन्तर्गत पार्टी सदस्यता १० लाख बनाउने, निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्ने र विकास गर्ने एकमात्र पार्टी एमाले हो भन्ने जनतालाई अनुभूति गराउन विकास निर्माण अभियान सञ्चालन गर्ने काम सुरू भइसकेको नेता बादलले बताए ।

 

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको भविष्य उज्यालो रहेको बताए । आन्तरिक संघर्षलाई बिट मारेर एकअर्कामा समझदारी निर्माण गर्न सके एमालेको भविष्य उज्यालो रहेको उनको भनाइ छ । एमालेको जित सुनिश्चित गर्न एकता र समझदारी आवश्यक रहेको भन्दै उनले जित्ने गरी सक्रियता बढाउनुपर्ने बताए ।

 

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले अहिलेको एमाले क्रान्तिकारी धारसहितको विशेष पार्टीको रुपमा रुपान्तरण भइसकेको बताए । ‘एमाले नेपाली राजनीतिमा खास पार्टी हो’, उनले भने, ‘यसलाई कसैले हल्लाउन सक्दैन ।’ उनले विधान महाधिवेशन विचार र विधि निर्माणका लागि कोशेढुङ्गा साबित भएको बताए ।

 

पार्टीका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सीताराम पोखरेलले सञ्चालन गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: