प्रचण्ड कांग्रेसको प्रवक्ता र माधव नेपाल देउवाको कार्यकर्ता हुन : सूर्य थापा (भिडियोसहित)

  • 1.3K
    Shares

 

 

काठमाडौं, असोज २८ । एमाले नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेपाली कांग्रेसको प्रवक्ता र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको भरिया बनेको ठोकुवा गर्नुभएकोछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख थापाले एक अनलाइनसँग अन्तर्वार्ता दिँदै माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आदर्श र सिद्धान्तबाट च्यूत भइसकेको तथ्य राख्दै यस्तो बताउनु भएको हो ।

 

‘नेपाली कांग्रेसको प्रवक्ताचाँहि अहिले पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन, उनले चितवन गएर गजेन्द्र हमाल (प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराका जेठान) कांग्रेसको कोटाबाट मन्त्री नियुक्त भएका हुन भन्दै हिडछन, यस्तो नालायक, यस्तो पत्रु नेतृत्व भएपछि के हुन्छ ?’ थापाले भन्नुभयो, ‘शेरबहादुर देउवा स्वयंले उहाँ पुरानो कांग्रेस नेता, मलाई दुःखमा साथ दिएको हो, पुरानो साथी हो, यसकारण नियुक्त गरेको छु भन्न सक्नुभएन, त्योभनाई रामचन्द्र पौडेलले पनि पत्याइ दिनुपर्यो ।’

 

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले परमादेशमार्फत सत्ताको चावी बुझाए बापत जेठान हमाललाई मन्त्री पुरस्कार दिनुभएको थियो । आफ्नो पदले प्रधानन्यायाधीश जवराकै पद खतरामा पर्ने भएपछि उहाँले नियुक्त भएको पर्सिपल्टै राजीनामा दिइसक्नु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस प्रवक्ता बनेर हमालको नियुक्तिको बचाउ गरेको भोलिपल्टै मन्त्री हमालले राजीनामा दिइसक्नु भएको छ ।

 

नेता थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पद र पैसाका लागि प्रधानमन्त्री देउवाको भरिया बनेको बताउनु भयो । अध्यक्ष नेपालले पैसाको बिटो लिएर धनाड्य ब्यापारीलाई मन्त्री बेचेको आरोप पनि लगाउनु भयो ।

 

‘माधव नेपालले भनेर केपी ओलीले माफी माग्नु पर्ने ? पार्टी फोडुवा, अपराधी, गद्धार अनि शेरबहादुर देउवाको भरिया माधवसँग केपी ओलीले माफी माग्नु पर्ने ? यस्तो नैतिक हराम कुरात नगरे हुने नि ?,’ थापाले भन्नुभएको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: