राजतन्त्र आऊछ भन्नु र मरेको मान्छे जिउदो भएर आऊछ भन्नु उस्तै हो दिवा सपना नदेखौ : मन्त्रि रामकुमारी झाँक्री

  • 4.5K
    Shares

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् ।

 

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो सरकारले विस्तारै जनतामा आशा जगाउनेगरि काम गर्ने पनि विश्वास दिलाईन् ।

 

उनले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको पनि दाबी गरिन् । उनले नेपालमा गणतन्त्रलाई कुनै खतरा नभएको पनि जिकिर गरिन् ।

 

उनले जनताले अब फेरि राजा फर्काउने काम नगर्ने भन्दै राजासहितको लोकतन्त्र असम्भव भएको स्पष्ट पारिन् ।

 

अब राजतन्त्रको आवश्यकता छैनः डा.सुन्दरमणि दिक्षित

 

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा। सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए ।

 

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 

हिजो नेपाल हिन्दूराष्ट हुँदाको पशुपति र आजको पशुपतिमा धेरै फरक रहेको भन्दै आजको पशुपति धेरै राम्रो भएको उनको भनाई छ ।

 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरेका छन् । आफूले सधैं मर्निक वाक गर्ने गरेको र यो अनन्तको यात्रासँग जोडिएको पनि दिक्षितले सुनाए ।

 

ज्ञानेन्द्र शाहले राजाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नभएको भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए । उनले आफू ज्ञानेन्द्रको पक्षमा उभिनै नसक्नेपनि जिकिर गरे ।

 

ज्ञानेन्द्रले नेपालमा कु गरेकोले उनको पक्षमा आफू उभिनै नसक्ने पनि दाबी गरे । उनले आफूले अब ज्ञानेन्द्र आउ भनेर भन्न नसक्ने पनि सुनाए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: